नारायणी नदी किनारमा एक महिलाको शव फेला



चितवन : नारायणी नदी किनारमा एक महिलाको शव फेला परेको छ। बिहीबारदेखि बेपत्ता भएकी भरतपुर महानगरपालिका वडा नम्बर १६ कि कृष्णमाया तामाङको शव प्रहरीले आइतबार बिहान नदी किनारमा फेला पारेको हो।

सोही ठाउँ बस्ने उनी तीन दिनअघि माछा मार्न जान्छु भनी घरबाट गएपछि बेपत्ता भएकी थिइन्। उनको शवलाई परीक्षणको लागि भरतपुर अस्पताल लगिएको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस्