जापानबाटै सापकोटाको ‘बुट्टे सारी’ सार्वजनिक



काठमाडौं : गायक अमित सापकोटाको ‘बुट्टे सारी’ बोलको गीत सार्वजनिक भएको छ । तिजको गित‘बुट्टे सारी’लाई उनले आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेका हुन् । अमितकै शब्द संगीत रहेको गितमा देवी घर्ती र स्वयम अमितकै स्वर रहेको छ ।

यम थापा मगरले संगित संयोजन गरेको गितको. भिडियोमा अमित र कविता कँडेलले अभिनय गरेका छन् । जापानमा बस्दै आएका अमितले गीतको छायाँकन पनि जापानको योकोहामा भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्