अनमोल ‘एन्टी हिरो’ खेल्ने, भिलेन बन्दैछन् भुवन



काठमाडौं : सदबहार अभिनेता भुवन केसी अब भिलेनको रुपमा देखिने भएका छन्। आफैंले नै निर्माण गर्न लागेको फिल्म ‘एन्टी हिरो’ मा उनी भिलेन बन्न लागेका हुन्। फिल्ममा हिरोको रुपमा भने अनमोल केसी रहने छन्।

चलचित्र विकास बोर्डमा सोमबार फिल्मको नाम ‘एन्टी हिरो’ दर्ता गरिएको छ। सुपर काजल फिल्मस्को व्यानरमा निर्माण हुने फिल्मको निर्देशक र अन्य कलाकार भने फाइनल हुन बाँकी रहेको अभिनेता भुवनले बताए।

तिहारपछि छायाँकन सुरु हुने बताइएको फिल्ममा हिरोइन नयाँ भित्रिन सक्नेछिन् किनभने पछिल्लो समय भुवनले आफुले निर्माण गरेको फिल्ममा हिरोइन नयाँ भित्र्याएका छन्।

प्रतिक्रिया दिनुहोस्