गायिका एलिना चौहानको ‘तिम्रो खुसीमा’



काठमाडाैं : ‘इन्ष्टाको फोटो’ र ‘तिम्रो मायाले बाँधेर राख’ जस्ता गीतहरुको कभर गाएर चर्चामा आएकी गायिका एलिनाको चौहानको नयाँ गीत ‘तिम्रो खुसी’ म्युजिक भिडियोसहित सार्वजनिक भएको छ। खुसी इन्टरटेनमेन्टको प्रस्तुति रहेको ‘तिम्रो खुसीमा’का गीतकार तथा संगीतकार नृपेश उप्रेती हुन् भने संगीत संयोजन पुरुषोत्तम सुवेदीले गरेका छन्। 

बेलायतमा बसेर गीत गजल लेखनमा लामो समयदेखि सक्रिय रहेका उप्रेती संगीत भर्ने पनि गर्छन्। यस गीतमा उनले मेलोडी पक्षलाई विशेष ध्यान दिएर सुमधुर बनाउने प्रयास गरेका छन्।उप्रेतीद्वारा संगीतवद्व यसअघि ‘बरिलै’ बोलको गीत निकै मन पराइएको थियो। जसलाई नेपाल आइडल २ बाट चर्चित बनेका कृशल कँडेल र मीनराज पौडेलले गाएका थिए।

यस गीतको म्युजिक भिडियोका निर्देशक हुन् शक्ति प्रज्वल घिमिरे। ‘तिम्रो खुसीमा’ को म्युजिक भिडियोमा नायिका श्रृचा थापा र मोडल सुदिप न्यौपाने रोमान्टिक अवतारमा देखिका छन्।

नायिका श्रृचाको पहिलो चलचित्र ‘लब यु हमेसा’ रिलिजको तयारीमा छ भने सुदिप टिकटक स्टार हुन्। शक्तिकै सम्पादन रहेको भिडियो नमराज घिमिरेको छायांकन गरेका हुन् भने नृत्य निर्देशन प्रपिण थापाको रहेको छ।

प्रतिक्रिया दिनुहोस्