हेर्नुहोस् तपाईंको आजको राशिफल



काठमाडौं । २३ असार २०७९, विहीबार, तदनुसार जुलाई ७। असारशुक्लपक्ष अष्टमी तिथि, विष्टि करण, हस्त नक्षत्र, परिध योग, चन्द्रमा कन्या राशिमा रहेको छ । आज बिहान सूर्योदय ०५ः १४ मा भएको छ भने सूर्यास्त ०७ः०३ मा हुनेछ । 

आजका देवता विश्वकर्मा र ग्रहदेव शनि हुन् । बिहीबार अध्ययन अध्यापनको काम, शैक्षिक संस्थामा भर्ना हुने काम गर्दा शुभ हुनेछ । आज बिहान ११ः४१ देखि १२ः३६ सम्मको समय अभिजित मुहूर्त रहेको छ। यो समयमा कुनै पनि शुभकार्य गर्न सकिन्छ। दिउँसो १ः५३ देखि ३ः३६ सम्मको समय राहुकाल रहेको छ । यो समयमा शुभकार्य नगर्नुहोला।  बिहीबार बहुमूल्य धातुका सामान खरिद गर्न सकिने छ ।

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)
मेष राशिका जातकका लागि आज सामाजिक र धार्मिक कार्यबाट मानसम्मान मिल्नेछ। आफूभन्दा उच्चव्यक्तिबाट प्राप्त हुने सम्मानले मनमा उर्जा थपिने छ। आजको दिन सुरुवात गरेको काम यसै साता भित्र सम्पन्न हुनेछ। गुरुजनको आशीर्वादको कार्यसफलता मिल्नेछ। 

वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)
आजको दिन आकस्मिक धनलाभ हुनेछ । मनमा अनेक कुरा खेल्नेछ । परिवार र दाम्पत्य जीवनमा सुख प्राप्त हुनाका साथै यात्राको अवसर प्राप्त हुनेछ । मनमा सकारात्मक सोच र खुसी हुने खबरले उत्साह थपिने छ । आजको दिन देवीको मन्दिर यात्रा गर्नुहोला ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)
घरपरिवार र आफन्तसँग केही विषयमा विवाद हुनसक्छ । कम बोल्ने र अर्काका कुरा सुन्ने गर्दा राम्रो हुनेछ । राम्रो काम गर्न खोज्दा पनि अनावश्यक आरोप लाग्न सक्छ । तपाईंले गरेको कामअनुसारको फल प्राप्त हुनेछ । सकारात्मक सोच राखेर गरिएको हरेक काम सफलता मिल्नेछ । आज तपाईंको मनमा खुसियाली छाउने छ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)
व्यापारमा नयाँ लगानी गर्दा फाइदा हुन्छ  अध्ययन अध्यापनमा लागेका कर्कट राशिका जातकका लागि नयाँ अवसर प्राप्त हुनेछ । आजको दिन आफूले सम्मान गर्ने व्यक्तिसँगको सल्लाह अनुसारका काम गर्दा फाइदा हुनेछ। कर्कट राशिका जातकका लागि आजको दिन यात्रा गर्न लाग्नु भएको छ भने यात्राबाट फाइदा हुनेछ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)
सिंह राशिका जातकले हरेक बिहीबार बिहान सूर्योदयको दर्शन गर्नुहोला। अनावश्यक विवाद हुनसक्छ। आजको दिन कसैसँग विवाद नगर्नुहोला। पारिवारिक समस्याका कारण मनमा अनेक समस्या उत्पन्न हुनसक्छ। मौन रहेर आफ्नो नियमित कार्य गर्नुहोला । कसैसँग विवाद हुने काम नगर्न होला । 

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)
आजको दिन यात्राका लागि अवसर  र नयाँ कार्ययोजना बन्नेछ । आफन्त र मित्रजनबाट साथ र सहयोग प्राप्त हुनेछ । आजको दिन नयाँ वस्त्र खरिद गरेर लगाउन राम्रो हुनेछ । आजको दिन कुनै देवी मन्दिरको दर्शन गरेर काम गर्नु थाल्नुभएको छ भने सोचअनुसारको प्रतिफल प्राप्त हुनेछ । कुमारी कन्यालाई खाना र वस्त्र दान दिनुभयो भने राम्रो हुनेछ। चन्द्रमाको साथ रहेको छ।  

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)
आजको दिन सोचअनुसार काम हुनेछ। व्यापारमा हुनुहुन्छ भने फाइदा हुन्छ। बिहान सूर्योदयको दर्शन गर्नु राम्रो हुनेछ। सकारात्मक सोच राखेर काम गर्नुहोला। परिवार र आफन्तजनबाट समेत सहयोग हुनेछ। कुनै शिवालय वा देवालयमा गएर असक्तलाई खानेकुरा दिनुभयो भने उत्तम हुनेछ । आकस्मिक धन प्राप्ति समेत हुनेछ ।  

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)
आजको दिन सूर्योदयको दर्शन गरेर दिनको सुरुवात गरेका अधुरा काम पुरा हुनेछन्। कुनै नयाँ कामको शुरुवात समेत गर्न सक्नुहुनेछ। आजको दिन सुुरु गरेको कामबाट सफलता प्राप्त हुनेछ। अनावश्यक आरोप लाग्नसक्छ। नियमित काम गर्दा सकात्मक सोच राखेर काम गर्नुहोला ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)
परिवार तथा आफन्तजनको साथ सहयोगले कार्ययोजना सफल हुनेछ। आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला। आजको दिन व्यर्थमा समय खर्च र अनावश्यक आर्थिक भार थप हुनेछ। परिवारबाट असहयोग हुनसक्छ। देवालय र शिवालयको दर्शन गर्नु भएमा मनमा उत्साह थपिने छ। चन्द्रमाको साथ रहेको छ। सूर्योदयको दर्शन गर्नुहोला ।   

 मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)
आजको दिन सोचेअनुसारको काम हुने भएकाले नयाँ काम गर्नसक्नुहनेछ । मनमा निकै हर्ष छाइरहने छ। बिहान सूर्यनारायणलाई जल दिएर दर्शन गर्नुभयो भने दिन सफल हुनेछ। आजको दिन अध्ययन अध्यापनमा सफलता मिल्नेछ । मकर राशिका जातकको लागि रचनात्मक काममा मन लाग्नेछ। अध्ययनमा समय विताउनुभयो भने उर्जा थपिने छ । नभए गुरुजनको आशीर्वाद सुन्नुहोला ।     

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)
कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम र शत्रुमाथि विजय प्राप्ति हुनेछ। व्यापारबाट प्राप्त धनलाई सामाजिक सेवामा खर्च गर्नुभयो भने मानसम्मान मिल्नेछ । सामाजिक काम गर्न इच्छा जाग्नेछ। यात्राका लागि अवसर आउने छ । धार्मिक तीर्थस्थलीको यात्राले मनोइच्छा पूरा हुनेछ ।  

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)
बिहीबार सूर्योदयको दर्शन गरेर नजिक वा देवालयको दर्शन गर्नु उत्तम छ। अध्ययन अध्यापनको क्षेत्रका कार्य गर्ने जातकले आजको दिन बिहान सूर्यस्तोत्र पाठ गर्दा सकारात्मक सोच बढ्नेछ। मीन राशिका व्यक्तिका लागि बिहीबार विशेष दिन हो । ध्यान, जप, साधनाले नै मनमा सकारात्मक उर्जा थपिने छ।

 

प्रतिक्रिया दिनुहोस्