आकाशियो सुनको भाउ, दिनहुँ नयाँ रेकर्ड बन्दै



काठमाडौं : नेपाली बजारमा सुनको मूल्य दिन प्रतिदिन बढ्दै गएको छ । यसैक्रममा आज (मंगलबार) पनि सुनको मूल्य उकालो लागेको छ ।

सुनको भाउ मंगलबार एक हजारले बढेर तोलाको ७१ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघ अन्तर्गतको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले जानकारी दिए ।

सुनको  भाउ महँगो भएपछि कारोबार ठप्पजस्तै भएको व्यवसायीले बताएका छन् । पोहोर यो बेलामा दैनिक ५० किलोभन्दा धेरै माग हुने गरेको सुन अहिले दैनिक ५ किलो पनि माग हुन छाडेको उनीहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्