बाहबुली नायिकाकाे लागि ‘साहो’ को स्पेशल शो राख्दैछन् प्रभास !



एजेन्सी : प्रभास र श्रद्धा कपूर स्टारर फिल्म ‘साहो’ को चर्चा छ। हालै यो फिल्मको ट्रेलर रिलिज भयो। ट्रेलरले दर्शकबाट राम्रो प्रतिक्रिया पाएको छ। फिल्म अगस्त ३० मा प्रदर्शनमा आउँदैछ। प्रभास आफ्नो फिल्मी जीवनका कारण मात्र होइन कि, आफ्नो व्यक्तिगत जीवनका कारण पनि चर्चामा रहने गर्छन्।

अझ अनुष्का शेट्टीसँग त उनको अफेअरदेखि बिहेसम्मको खबर आउने गर्छ। तर यतिबेला खबर आएको छ कि, प्रभासले एक व्यापारीकी छोरीसँग बिहे गर्न सक्छन्। यतिबेला भने प्रभास र अनुष्काको अफेअरको खबरले पुनः चर्चा पाएको छ।

खबरका अनुसार प्रभास बाहबुली नायिका अनुष्का शेट्टीका लागि ‘साहो’ को प्राइभेट स्किृनिङ गर्दैछन्। तर, यो बारेमा कुनै आधिकारिक जानकारी भने बाहिर आएको छैन। प्रभास र अनुष्काले कैयन् फिल्ममा एकसाथ काम गरिसकेका छन्। बाहुबलीमा त यी दुईको केमेष्ट्री झनै रुचाइएको थियो।

प्रतिक्रिया दिनुहोस्