चिर्पट प्रहार गरी फरार भएका ४ जना पक्राउ



पर्वत : पर्वत प्रहरीले चिर्पट प्रहार गरी फरार भएका ४ जना आरोपीलाई पक्राउ गरेको छ। जलजला गाउँपालिका–४ लामाखेतका १७ वर्षीय पावल बिकलाई  मादक पदार्थ सेवन गरी आइतबार राति उनीहरूले दाउराको चिर्पट प्रहार गरेका थिए।

पक्राउ पर्नेमा जलजला गाउँपालिका–४ लामाखेतका ३९ वर्षीय कबिन गर्वुजा, ३३ वर्षीय तेजेन जुग्जाली, २० वर्षीय राजु पुन र २४ वर्षीय अमित फगामी रहेका छन्। घाइते पावल गण्डकी मेडिकल कलेज पोखरामा उपचार पश्चात घर फर्किसकेका छन्।

पक्राउ परेका चारै जनामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्