बाढीपीडितलाई रितेश र जेनेलियाले दिए २५ लाख



एजेन्सी : स्टार जोडी रितेश देशमुख तथा जेनेलिया देशमुखले महाराष्ट्रका बाढीपीडितलाई २५ लाख भारू सहयोग गरेका छन्। उनीहरूले मुख्यमन्त्री राहत कोषलाई उक्त रकम प्रदान गरेका हुन्। उनीहरूले महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीसलाई भेटेर सो रकमको चेक हस्तान्तरण गरेका हुन्। यसका लागि मुख्यमन्त्रीले दुबैलाई ट्वीटरमार्फत धन्यवाद दिएका छन्।

रितेश र जेनेलिया महाराष्ट्रका पूर्व मुख्यमन्त्री विलास राव देशमुखका छोरा बुहारी हुन्। विलासराव दुई पटक महाराष्ट्र राज्यका मुख्यमन्त्री बनेका थिए। बाढीबाट महाराष्ट्र राज्यका सांगली, कोल्हापुर तथा सतारा जिल्लाका ३.७८ लाख मानिस प्रभावित बनेका छन्।

प्रतिक्रिया दिनुहोस्