यस्तो छ तपाईंको आजको राशिफल



काठमाडौं । २४ असार २०७९, शुक्रबार । तद्नुसार जुलाई ८ तारिक २०२२ । असार शुक्लपक्ष नवमी, बालब करण, चित्रा नक्षत्र, शिव योग, चन्द्रमा तुला राशिमा रहेको छ । आज बिहान सूर्योदय ०५ः१५ भएको छ भने सूर्यास्त ०७ः०३ मा हुनेछ । आज ११ः४२ देखि १२ः३७ सम्म अभिजित मुहूर्त रहेको छ।

यो समयमा शुभकार्य गर्न सकिन्छ। आजका देवता मित्र र ग्रहदेव बुध हुन्। शुक्रबार विदेश यात्राका लागि शुभ दिन मानिन्छ। प्रेम, स्नेह तथा मनोरञ्जनात्मक कार्यका शुक्रबार साताको अन्तिम दिन हो। आर्थिक लगानीका लागि शुक्रबार उपयुक्त दिन होइन।

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)
रोजगारीको क्षेत्रमा सफलता हात लाग्नेछ। देवालयको यात्रा गर्दा मनमा खुसियाली छाउने छ। बिहानै देवालयको दर्शन गरेर काम शुरु गर्दा दिनभर गरिने कार्यमा सफलता प्राप्त हुनेछ ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)
व्यापारमा सोचेअनुसार नाफा प्राप्त हुँदा खुसियाली हुनसक्छ । आजको दिन व्यापारबाट फाइदा नहुँदा पनि त्यति निराश नहुनु होला । मन, वचन र कर्म सकारात्मक हुन जरुरी छ । सकारात्मक सोचले मात्र दैनिक काम गर्दा मनमा हर्ष उत्पन्न हुनसक्छ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)
परिवार र आफन्तजनले अनेक आरोप लगाउन सक्नेछन्। आजको दिनमा कष्ट आउनेछ। मनमा पनि निराशा उत्पन्न हुनसक्छ। आज सकारात्मक सोच मात्र राखेर काम गर्नुभयो भने मनमा खुसीयाली छाउने छ। कसैलाई पनि बैरभाव हुने काम नगर्नुहोला । चन्द्रमाको साथ रहेको छ। आज बिहान सूर्योदयको दर्शन गर्नुहोला ।   

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)
पारिवारिक तनावका कारण मनमा अनेकखालका समस्या आउनसक्छ। आजको दिन कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा नगर्नुहोला। कसैसँग विवाद भयो भने दुवै व्यक्तिको हानी हुनसक्छ । त्यसैले एकाग्र चित्तले आफ्नो दैनिक काम सम्पादन मात्र गर्नुभयो भने सफलता प्राप्त हुनेछ।  

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)
परिवारका सदस्यबाट आर्थिक सहयोग प्राप्त हुनेछ । यात्राका समस्या हुनसक्छ । यात्रा गर्नुभन्दा पहिले राहुकाल छलेर मात्र शुभ साइतको समयमा यात्रा गर्नुहोला । परिवारको साथ पाउने योग रहेको छ । परिवारका सदस्यले अनावश्यक लाञ्छना लगाउनसक्नेछ । आजको दिन सिंह राशिका जातकले कम बोल्नु नै बुद्धिमानी हुनेछ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)
आजको दिन आफन्तसँग सम्बन्ध बिग्रन सक्छ। स्वास्थ्यमा प्रतिकुल असर पर्ने देखिन्छ । अध्ययनअध्यापनबाट सफलता हात  लाग्नेछ। कन्या राशिका जातकले स्त्रीबाट सहयोग प्राप्त नहुँदा निराशा हुनुपर्नेछ। आज आम्दानीबाट घरमा महिलालाई केही उपहार दिनु राम्रो हुन्छ।

तुला ( रा.री.रु.रे.रो.ता.ती.तु.ते)
आजको दिन सुरु गरेको काम सफल हुनेछ। कार्यमूलक यात्रा हुनेछ। कुनै कामको सुरुवात गर्नुभएको छ भने त्यो कामको सम्पादन पूरा गर्नका लागि मेहनतपूर्वक लाग्नुहोला । सफलता हात लाग्नेछ। कुनै काम बीचमा छोडेको छ भने त्यो कामका पुरा नहुँदा मनमा चिन्ता भइरहन्छ । चन्द्रमाको साथ रहेको छ । सूर्योदयको दर्शन गर्नुहोला।  

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)
ग्रह बलियो भएको बेला कार्ययोजनाअनुसार काम गर्नुभयो भने सफलता मिल्नेछ । आजको दिन शिवालयमा गएर जल अर्पण गर्नु भयो सोचे अनुसार काम बन्नेछ। शिवालयको नाम स्मरण मात्रले पनि मनमा शान्ति मिल्नेछ। अध्यात्मिक कार्यमा केही समय दिनुभयो भने सफलता मिल्नेछ । चन्द्रमाको साथ छ। आज बिहान सूर्योदयको दर्शन गर्नुहोला । 

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)
आजको दिन सफलता मिल्नेछ । त्यसैले आजको दिन सोचअनुसारको काम हुनेछ। सन्ताबाट सुख र स्त्रीजातिको साथ सहयोगले राम्रो काम गर्नुहुनेछ । यात्रामा सफलता मिल्नेछ । यात्रा गर्दा प्रयोजनमूलक यात्रा मात्र गर्नुहोला। 

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)
कामबाट मानसम्मान मिल्नेछ। आफन्तजनको सहयोगले मनमा हर्ष प्राप्त हुनेछ। आजको दिन देवालय यात्राले मनमा प्रसन्नता छाउने छ। विगतदेखि गर्दै आएका कामको मूल्यांकन हुनेछ। बिहान सूर्योदयको दर्शन अवस्य गर्नुहोला ।  

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)
कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम  हुनेछ । शत्रुमाथि विजय प्राप्ति हुनेछ । व्यापारबाट प्राप्त धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला । सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ । आजको दिन घर नजिकको देवालय दर्शन गर्नुभयो भने तपाईमा थप शक्ति मिल्नेछ ।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)
आजको दिन मनमा प्रसन्नता छाउने छ । लामो दुरीको यात्रा गर्दै हुनुहुन्छ भने बिहान सूर्योदयको दर्शन गरेर मात्र यात्रा सुरुवात गर्नुहोला । सकारात्मक सोच र अध्ययन अध्यापनमा मन लाग्नेछ। साँझपख शिवालयमा जाँदा मीन राशिका जातकका लागि अध्यापन, लेखनमा रुचि बढ्नेछ। व्यापारमा हुनुहुन्छ भने केही हानी हुनसक्ने छ। परिवारमा विवाद हुनसक्छ। मौन रहनु उत्तम हुनेछ।

 

प्रतिक्रिया दिनुहोस्