धादिङमा जीप दुर्घटना हुँदा १० जना घाइते



धादिङ : धादिङमा बोलेरो जीप दुर्घटना हुँदा १० जना घाइते भएका छन्। धादिङबेसीबाट मैदीको लागि छुटेको बा १३ च ५२३० नम्बरको निजी नम्बरको बोलेरो गाडी ज्वालामुखी गाउँपालिका वडा नम्बर ३ को अमराईमा मंगलबार दुर्घटना भएको हो।

स्थानीयवासी, प्रहरी र उद्धारकर्मीले उद्धार गरेर घाइतेहरूलाई जिल्ला अस्पताल धादिङ लगिएको प्रहरीले जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्