नेपाली महिला टीमले  किर्गिस्तानमा ‘नादेझ्दा कप’ खेल्ने



काठमाडौं : नेपाली राष्ट्रिय महिला टीमले किर्गिस्तानमा हुने नादेज्दा कप फुटबल प्रतियोगिता खेल्ने भएको छ। अखिल नेपाल फुटबल संघ एन्फाले नेपाली टिमले चार टिम सम्मिलित ‘नादेझ्दा कप’  प्रतियोगिता खेल्ने जनाएको छ।

प्रतियोगितामा नेपाल, किर्गिस्तान, उज्बेकिस्तान र ताजिकिस्तानले प्रतिस्पर्धा गर्ने छन्। प्रतियोगिता सेप्टेम्बर ६ देखि १३ सम्म हुनेछ।

प्रतिक्रिया दिनुहोस्