डेब्यु फिल्मबाट रातारात हिट ‘प्रेम गीत’ की अनिता अहिले छिन् गुमनाम



एजेन्सी : बलिउडमा कयौं यस्ता कलाकार छन्। जो एक समय सफलताको शिखरमा थिए। तर अहिले गुमनाम छन्। ती मध्येकी एक अनिता राज पनि हुन् ।अनिता राज ८० को दशकमा निकै चर्चित थिइन्। सफलता पनि राम्रै मिलेको थियो।

तर अहिले भने उनी फिल्म क्षेत्र र चर्चा भन्दा बाहिर छिन्। १३ अगस्ट १९६२ मा मुम्बईमा जन्मिएकी निता अभिनेता जगदीश राजकी छोरी हुन्। उनले १९८२ मा फिल्म ‘प्रेम गीत’ बाट अभिनयमा डेब्यु गरेको थिइन्। फिल्मको सफलताले उनी रातारात स्टार बनिन् 

करिब १० बर्ष उनले फिल्म उद्योगमा सफलताको सिँढी चढिरहिन्। १९९२ मा उनले सुनिल हिंगोरानीसँग विवाह गरेर छोराको जन्मदिइन्। त्यसपछि उनी फिल्म अभिनयभन्दा बाहिर रहिन्। त्यसपछि २०१२ मा उनी एकपटक फेरि चर्चामा छाएकी थिइन्। यो समय उनी फिल्मभन्दा पनि श्रीमानको कारण चर्चामा छाएकी थिइन्। उनको श्रीमान्माथि महिलाहिंसाको आरोप लागेको थियो।

अनिताले बलिउड छोड्दा उनका फ्यान निरास बनेका थिए। सोही कारण उनलाई सोधिएको थियो ‘कहिले बलिउड कबब्याक गर्ने ?’ राम्रो रोल मिले फेरि अभिनयमा आउनेछु उनको जवाफ हुन्थ्यो। अनिताले फिल्ममात्र होइन कयो टिभी सिरियलमा पनि काम गरेकी छन्। आशिकी, इना मिना डीका, २४ जस्ता टिभी शो पनि उनको अभिनय कारणले चर्चामा थियो।

 

प्रतिक्रिया दिनुहोस्