मलेसियाली नागरिकलाई सिंगापुरमा फाँसी



एजेन्सी । सिंगापुरले १ मलेसियाली कैदीलाई मृत्युदण्ड दिएको छ। लागुऔषध ओसारपसार गरेको अभियोगमा कलवन्त सिंह नाम गरेका १ मलेसियालीलाई मृत्युदण्ड दिइएको हो। सिंहले अन्तिम मिनेटमा माफीको लागि अनुरोध गरेका थिए। तर, उनको याचनलाई अदालतले अस्वीकार गरेको थियो।

कलवन्त सिंहको मृत्युको खबर सिंगापुरका मानवअधिकार कार्यकर्ता कर्सटन हानले आफ्नो ट्वीटमा पुष्टि गरेकी छिन्। हानका अनुसार कलवन्त जस्तै उही मुद्दामा हिरासतमा रहेका र सिंगापुरका नोराशरी गौसलाई पनि लागूऔषध तस्करीको अभियोगमा फाँसी दिइएको थियो ।

‘ कलवन्त सिंह र नोराशरी बिन गौस दुवैको मृत्युदण्डको पुष्टि गर्दा म दुःखी छु। दुवै परिवारलाई उनीहरूको शव र मृत्यु प्रमाणपत्र हस्तान्तरण गरिएको छ। कलवन्तको परिवार अझै जेलमा छ। म नोरासरीको अन्त्येष्टिमा जाँदैछु’, हानले ट्वीट गरेकी छिन्।

प्रतिक्रिया दिनुहोस्