इङ्लिस क्लब सिटीलाई फिफाको जरिवाना



काठमाडौं : इङ्लिस क्लब म्यानचेष्टर सिटीलाई फुटबलको सर्वोच्च निकाय फिफाले जरिवाना गराएको छ।

युवा खेलाडी अनुबन्धका क्रममा नियम उल्लङघन गरेको कारण देखाउँदै फिफाको अनुशासन समितिले प्रिमियर लिग च्याम्पियन सिटीलाई ३ लाख ७० हजार स्विस फ्रान्क जरिवाना सुनाएको हो।

फिफाको आर्टिकल १९ मा अन्य देशबाट १८ वर्षभन्दा मुनिको खेलाडी अनुबन्ध गर्न नमिल्ने उल्लेख छ। सो नियम उल्लङघन गरेपछि कारवाही गरिएको हो।

प्रतिक्रिया दिनुहोस्