‘जबरिया जोडी’ फ्लप भएपछि सिद्धार्थ तनाबमा



एजेन्सी : नायक सिद्धार्थ मल्होत्राको करिअर बलिउडमा अहिले फिक्का पर्दै गएको छ। उनी अभिनित चलचित्रले व्यापारिक रुपमा सफलता पाउन छाडेको केही बर्ष भयो। दर्शकले उनलाई हलमा हेर्न चाहिरहेका छैनन्। ‘जबरिया जोडी’को समिक्षा पनि राम्रो आएन।

भारतीय मिडियासँग कुरा गर्दै सिद्धार्थले असफलताको बिषयमा बोलेका छन्। उनले भने–‘कुनै पनि कलाकारको अभिनयको उचाइलाई एउटा मात्र चलचित्रको प्रस्तुति हेरेर मुल्यांकन गर्न मिल्दैन। असफलताले मलाई असर त गर्छ तर यो कुरामा म सजग छु।’

मल्होत्राले अगाडि भने–‘मलाई असफलतासँग जुध्न आउँछ। मलाई खराब समिक्षा र असफलताले केही नयाँ गर्नका लागि जुझारु बनाउँछ।’

सिद्धार्थले दर्शकलाई सन्तुष्ट बनाउन आफूले सधै नै मिहिनेत गर्ने पनि बताए। ‘स्टूडेन्ट अफ दि इयर’बाट बलिउडमा प्रवेश गरेका सिद्धार्थले सोचेजस्तो सफलता पाउन नसक्दा उनको करिअर धरमराएको छ।

प्रतिक्रिया दिनुहोस्