६० करोडको कम्पनी नै कर्मचारीको नाममा



कम्पनी रजिस्ट्रारको कार्यालयले मालिकलाई थाहै नदिई करिब ६० करोड रुपैयाँ बराबरको कम्पनी पूर्वकर्मचारीको नाममा सारिदिएको छ । नक्कली कागजपत्रका आधारमा कम्पनी रजिस्ट्रारका कर्मचारीले भारतीय व्यवसायी रामनिरञ्जन जटियाको शंकर इलेक्ट्रोनिक्स नामक कम्पनी उनकै पूर्वकर्मचारी जितबहादुर मगरको नाममा नामसारी गरिदिएका हुन् । जटियाको कम्पनीको नाममा नेपालमा घरजग्गा समेत गरेर करिब ६० करोडको सम्पत्ति थियो ।

प्रहरीले चार सरकारी कर्मचारीसहित १२ जनालाई पक्राउ गरेर घटनाको अनुसन्धान अघि बढाएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो , सिआइबीका अनुसार भारतीय व्यापारी जटिया विदेशमा रहेका वेला नक्कली कागजपत्र र हस्ताक्षरका आधारमा कम्पनी नामसारी गरिएका हुन् ।

उनको कम्पनीको लगानी २५ लाख रुपैयाँ मात्र देखाइएको छ । तर, कम्पनीको नाममा सम्पत्ति भने ६० करोडभन्दा धेरै थियो । उनले करिब २५ वर्षदेखि नेपालमा व्यवसाय गर्दै आएका छन् । कम्पनीको सबै कारोबारको जिम्मा उनले आफ्ना कर्मचारी मगरलाई सुम्पिएका थिए । जटियाको सबै कारोबार तथा सम्पत्तिबारे उनलाई थाहा थियो ।

 

विदेशबाट फर्कंदा सम्पत्ति गायब

जटियाको कम्पनीमा १६ वर्ष काम गरेर मगरले विवादका कारण केही महिनाअघि जागिर छाडे । त्यसपछिका केही हप्ता जटिया सिंगापुर बसे । नेपाल फर्किएको केही दिनमै उनलाई फोन आयो– तपाईंले आफ्नो जग्गा बेच्न लाग्नुभएको हो ?

मालपोत कार्यालयका कर्मचारीले फोन गरेर उनलाई यो प्रश्न सोधेका थिए । मालपोतका कर्मचारीको प्रश्नले उनी झस्किए । जग्गा बेच्नेबारे कोहीसँग उनको कुरै भएको थिएन । तर, जग्गा नामसारीको कागजपत्र मालपोत कार्यालयमा तयार भइसकेको थियो । चिरीबाबु महर्जन नामक एक बिचौलियाले जग्गा नामसारीको प्रक्रिया अघि बढाएका थिए । मालपोतका कर्मचारीबाट सूचना पाएपछि उनी हतारहतार मालपोत कार्यालय गएर बुझे । जग्गा कम्पनीको नाममा थियो । विदेशीले कम्पनीको नाममा सम्पत्ति जोड्न पाउने, तर व्यक्तिको नाममा नपाउने भएकाले उनको सबै सम्पत्ति कम्पनीको नाममा थियो ।

सबै सम्पत्ति रहेको उनको कम्पनी आफ्ना पूर्वकामदार मगरको नाममा नामसारी भइसकेको कागजपत्र मालपोतमा पेस गरिएको थियो । उनी थप तनावमा परे । कम्पनी रजिस्ट्रारको कार्यालयमा गएर बुझ्दा कम्पनी उनको नाममा थिएन । करिब ६० करोड रुपैयाँबराबरको घरजग्गालगायत सम्पत्ति पनि बिक्री हुने क्रममा रहेको थाहा पाए । जग्गा बिक्रीका लागि मगरले बैना रकमसमेत लिइसकेका थिए । बालुवाटारमा रहेको करिब दुई रोपनी जग्गा र घर, सतुंगलको जग्गा, त्यस्तै नुवाकोट र म्याग्दीमा रहेको जग्गासमेत उनले बिक्रीको प्रक्रियामा लगिसकेको पत्ता लाग्यो ।

त्यसपछि जटिया प्रहरीमा पुगे । सिआइबीले तत्कालै जितबहादुरलाई पक्राउ गरेर अनुसन्धान थाल्यो । प्रहरीले जटियाको घरजग्गा बिक्रीका लागि लिएको ५० लाख बैना रकम पनि बरामद गरेको छ । ‘अनुसन्धानका क्रममा एक व्यक्तिले जितबहादुरलाई प्रयोग गरेर जटियाको सम्पत्ति हात पार्न खोजेको देखिन्छ,’ अनुसन्धानमा आबद्ध सिआइबीका अधिकारीले भने । कर्मचारीकै मिलेमतोमा त्यसरी नक्कली कागजपत्रका आधारमा नामसारी भएको थियो । अनुसन्धानका क्रममा कर्मचारीले मोटो रकम लिएको खुलेको छ ।

 

यसरी भयो ठगी

व्यवसायी जटियाका पूर्वकर्मचारी जितबहादुर मगरले मालिकको सम्पत्तिबारे आफन्त तथा साथीहरूलाई बताएका थिए । साथीकै योजनामा उनले कम्पनी रजिस्ट्रार कार्यालयका कर्मचारीलाई आर्थिक प्रभावमा पारी कम्पनीको अध्यक्षबाट जटियालाई हटाएर आफू नियुक्त भएको कागजपत्र तयार पारे ।

त्यही आधारमा कम्पनी आफ्नो नाममा लिए । कम्पनी आफ्नो नाममा लिएपछि सबै घरजग्गा बिक्री गरेर भाग्ने तयारी गर्ने क्रममा योजनाकारसहितका व्यक्तिहरू पक्राउ परेका हुन् । सिआइबीले कम्पनी रजिस्ट्रार कार्यालयका चार कर्मचारीलाई पक्राउ गरिसकेको छ । अधिकृतद्वय नारायण पोखरेल र उमेश जोशीसहितका कर्मचारी पक्राउ परेका छन् ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं– कोरोना भाइरसको सङ्क्रमणको जोखिम कायमै रहँदा खुलेका सार्वजनिक यातायातमा आवतजावत गर्न जोखिमपूर्ण बनेको छ

काठमाडौं : काठमाडौं उपत्यका कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ भने पछिल्लो २४ घण्टामा

काठमाडौं– सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले बञ्चरेडाँडा ल्याण्डफिल्ड साइड निर्माणको काम दशैअगाडी नै सम्पन्न हुने

काठमाडौं– धेरै विधाका मानिसलाई सरकारले संविधान दिवसको अवसर पारेर विभुषित ग¥यो । खेलकुद क्षेत्रलाई योगदान

काठमाडौं : आन्तरिक वायुसेवा कम्पनीहरुले भाडा नबढाउन भएको छ । सरकारले भाडा बढाएर ५० प्रतिशत

काठमाडौं : नेपाली सेनामा कार्यरत एक सैनिकको कोराना संक्रमणबाट मृत्यु भएको छ । काठमाडौँमा सेवारत

धादिङ : पेट्रोल बोकेको ट्यांकर त्रिशूलीमा खसेको छ । पृथ्वी राजमार्गस्थित गल्छी बैरेनीको नमस्ते ग्यास

नेपालगञ्ज : बाँकेमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–२१ पुरैनीका ५९

काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल) मा चेन्नई सुपर किंग्सले विजयी सुरुवात गरेको छ। उसले

काठमाडौं : रौतहटको चन्द्रनिगाहपुरकी कोरोना संक्रमित महिलाको चितवनमा मृत्यु भएको छ ।चितवनमा मेडिकल कलेज भरतपुरको

काठमाडौं : पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले ५ विषयमा संविधान संशोधन गर्नुपर्ने बताएका छन्। शनिबार बिहान

नेपाल उद्योग वाणिज्य महासंघले मंसिर दोस्रो साता मात्रै साधरणसभा गर्ने निर्णय लिएको छ । शुक्रबार