संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता लिनुपर्छ : डा.कोईराला



काठमाडौं । नेपाली काँग्रेसका नेता डा.शेखर कोईरालाले सरकारले संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता लिनुपर्ने बताएका छन् ।

पार्टीको केन्द्रिय समितिको बैठकका लागि केन्द्रिय कार्यालय सानेपा पुगेका नेता कोईरालाले सरकारले राष्ट्रिय सभामा दर्ता गराएको संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता लिनुपर्ने बताएका हन् ।

उनले तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याउँदा पनि गलत प्रक्रिया भयो भनेर बिरोध गरेको भन्दै सो विधेयक लैजानु नहुने बताए ।

त्यस्तै उनले नागरिकतासम्बन्धी विधेयकमा राजनीति गर्नु नहुने बताएका छन् । सबै राजनीतिक दलहरु एकै ठाउँमा उभिएर जन्मसिद्धका सन्तानलाई नागरिकता दिनुपर्ने उनले बताए । डा। कोईरालाले नागरिकतासम्बन्धी विधेयकको छिटोभन्दा छिटो निक्र्यौल गर्न जरुरी रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्