लोट्टे फ्रुटोपाई अब नेपाली बजारमा



काठमाडौं । लोट्टे ईन्डीया कर्पोरेशन लिमिटेडले आफ्नो नयां उत्पादन नेपाली बजारमा सार्वजनिक गरेको छ ।

शुक्रबार काठमाडांैमा एक कार्यक्रम आयोजना गरि लोट्टे फ्रुटोपाई सार्बजनिक गरिएको हो । स्ट्रोबेरिको स्वादमा ६ पिसको प्याक साईजमा सार्बजनिक गरिएको लोट्टे फ्रुट्रोपाई शुक्रबार देखिनै बजारमा उपलब्ध छ ।

उपभोक्ताको चाहना र रुचिलाई मध्यनजर गर्दै नयां उत्पादन नेपालमा ल्याईएको लोट्टे ईन्डीया कर्पोरेशन लिमिटेडका इन्टरनेशनल बिजनेश म्यानेजर अरुण कुमार गुप्ताले बताउनुभयो । आगामी दिनमा थप नया उत्पादनहरु पनि बजारमा ल्याउदै जाने गुप्ताको भनाई छ ।

चाडै नै १२ पिसको प्याक साईजमा लोट्टे फ्रुट्रोपाइ उपलब्ध हुने जनाईएको छ । दक्षिण कोरियामा मुख्यालय रहेको सो कम्पनिले बिगत लामो समय देखि नेपाली बजारमा आफ्नो उत्पादनहरु लोट्टे चोकोपाई तथा कन्फेक्सनरिहरु बिक्रि बितरण गर्दै आईरहेको छ ।

नेपाली बजारमा लोट्टे ईन्डीया कर्पोरेशन लिमिटेडका उत्पादनहरु माता भगवति डिस्ट्रीब्युटर प्रा.लि. ले आयात गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्