कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै



काठमाडौं । सोमबारदेखि सुरु भएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मंगलबार पनि बस्ने भएको छ। केन्द्रीय कार्यसमितिको बैठक पार्टी मुख्यालय सानेपामा मंगलबार दिउँसो १ बजे बैठक बस्ने छ।

कांग्रेस प्रवक्ता प्रकाशशरण महतले भातृ तथा शुभेच्छुक संस्थालाई पूर्णता दिने, विभाग गठन लगायत विविध अजेण्डामा पार्टी केन्द्रीय कार्यसमितिको बैठकमा छलफल हुने जानकारी दिए। निर्वाचन परिचालन समिति र प्रचारप्रसार समितिको प्रतिवेदन पेस गरिएको छ।

त्यस्तै, बैठकको पहिलो दिन सातवटै प्रदेशका पार्टी सभापतिले आ-आफ्नो क्षेत्रको रिपोर्टिङ गर्नुका साथै धारणा राखेका थिए। केन्द्रीय कार्यसमितिको बैठकमा केन्द्रीय सदस्यहरूलाई बोल्नका लागि ७ मिनेटको समय छुट्टाइएको छ। बैठक केही दिनसम्म चल्ने बताइएको छ।

प्रवक्ता महतका अनुसार बैठकमा गठबन्धन लगायतका विभिन्न विषयमा पनि छलफल हुने र आगामी निर्वाचनलाई लक्षित गरेर पार्टी परिचालन लगायतका विषयमा पनि छलफल हुने छ।

प्रतिक्रिया दिनुहोस्