महिला युरो : इंग्ल्यान्डको फराकिलो जित



काठमाडौं । नर्वेलाई फराकिलो अन्तरले पराजित गर्दै घरेलु टोली इंग्ल्यान्ड महिला युरो च्याम्पियनसिपको नकआउट चरणमा प्रवेश गरेको छ। सोमबार राति लगातार दोस्रो जित निकाल्ने क्रममा इंग्ल्यान्डले नर्वेलाई ८-० अन्तरले पराजित गर्यो ।

पहिलो हाफमा छ गोल र दोस्रो हाफमा दुई गोल भएको खेलमा बेथ मिडले ह्याट्रिक पूरा गरिन । यस्तै,  एलेन ह्वाइटले दुई गोल गर्दा जर्जिया स्टानवे, लोउरेन ह्याम्पएलेसिया रुस्सोले समान एक गोल गरिन् ।

महिला युरोमा एकै खेलमा ८–० को फराकिलो जित पहिलोपल्ट सम्भव भएको हो । लगातार दोस्रो जितसँगै इंग्ल्यान्ड समूह ‘ए’ मा दुई खेलबाट ६ अङ्क जोड्दै नकआउट चरणमा पुगेको छ । पराजित नर्वे ३ अङ्क जोडेर तेस्रो स्थानमा छ ।

 

प्रतिक्रिया दिनुहोस्