कांग्रेसले भन्यो : सरकारको काममा असन्तुष्टि जनाउनुपर्ने कारण नै छैन



काठमाडौं । नेपाली कांग्रेसले सरकारको काममा असन्तुष्टि जनाउनुपर्ने कारण नभएको जनाएको छ । कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले पाँच दलीय गठबन्धन सरकारका एक वर्षका कामकारबाही सन्तोषजनक भएको भन्दै यस्तो बताएका हुन्।

केन्द्रीय कार्यसमितिको बैठकमा कांग्रेसकै नेता कार्यकर्ताले गठबन्धन सरकारका कामकारबाहीबारे प्रश्न उठाइरहेका थिए । प्रवक्ता महतले भने सरकारको एक वर्षे कार्यकाल सन्तोषजनक रहेको बताएका छन् ।

प्रवक्ता महतले देउवा नेतृत्वको सरकारले एमसीसीमा रहेको अन्योलता हटाउने काम गरेको समेत उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्