एसइईको नतिजा साउन पहिलो साता प्रकाशन हुने



काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा साउन पहिलो साता प्रकाशन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले नतिजा प्रकाशित गर्ने समय सारेको हो ।

बोर्डले आगामी साउन पहिलो हप्ता मात्रै नतिजा प्रकाशन गर्न सकिने जनाएको हो । बोर्डले यसअघि यही असार मसान्तभित्र एसइई नतिजा प्रकाशित गर्ने जनाएको थियो ।

सबै प्रकृया पूरा नभएकाले नतिजा प्रकाशन गर्ने समय सरेको बोर्डका परीक्षा नियन्त्रक अर्जुन रायमाझीले जानकारी दिएका छन् ।

एसइई परीक्षा गत वैशाख ९ गतेदेखि बोर्डले भौतिक उपस्थितिमै लिएको थियो । बोर्डका अनुसार करिब ५ लाख विद्यार्थीले परीक्षा दिएका छन् । यसअघिका दुई वर्ष कोभिड-१९ महामारीका कारण आन्तरिक मूल्यांकनबाट नतिजा प्रकाशित गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्