देउवा र प्रचण्डबीच भेटवार्ता हुने



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता हुने भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उनीहरुबीच भेटवार्ता हुने देउवाको सचिवालयले जनाएको छ ।

मंगलबार सानेपास्थित पार्टी कार्यालयमा पार्टीको केन्द्रीय समिति बैठकमा सहभागी देउवा प्रचण्डसँग भेट तय भएपछि बालुवाटार गएका छन् ।

प्रतिक्रिया दिनुहोस्