बागमती प्रदेश सभाको बैठक आज बस्दै



काठमाडौं । बागमती प्रदेश सभाको बैठक बस्दैछ।

बुधबार बस्ने बैठक बजेट अधिवेशनका रूपमा रहेको दशौँ अधिवेशनको अन्तिम र चालु आर्थिक वर्ष २०७८-०७९ को पनि अन्तिम बैठक हुनेछ।

प्रदेशसभा सचिवालयका अनुसार चालु दशौँ अधिवेशनको २५औँ बैठक बुधबार दिउँसो १ बजेका लागि बोलाइएको छ।

प्रदेशसभाको दशौँ अधिवेशनको २४औँ बैठक यही असार १६ गते बसेर प्रदेश सरकारले प्रस्तुत गरेको बजेट पारित गरेको थियो। गत जेठ १३ गतदेखि सुरु भएको दशौँ अधिवेशनअन्तर्गत असार १ गते प्रदेश सरकारले आव २०७९-०८० का लागि बजेट प्रस्तुत गरेको थियो।

सरकारले प्रस्तुत गरेको विनियोजन विधेयकमाथिको छलफल असार १३ र १४ गते सकेको प्रदेशसभाले असार १६ गते विनियोजन विधेयक पारित गरेको थियो।

प्रतिक्रिया दिनुहोस्