दुर्घटनामा एक महिलाको मृत्यु, चार घाइते



राजविराज : सप्तरीको खडग नगरपालिका ४ करमनीयामा भएको दुर्घटनामा एक महिलाको मृत्यु भएको छ। ४ जना घाइते भएका छन्। राजविराजबाट जनकपुर जाँदै गरेको जेएच १५ जे ३२०३ नम्बरको सुमोले काठमाडौंबाट इलामतर्फ जाँदै गरेको को १ च ४२२८ नम्बरको मारुती भ्यानलाई पूर्व–पश्चिम राजमार्गमा ठक्कर दिँदा दुर्घटना भएको हो।

दुर्घटनामा इलाम नगरपालिका १ की ५८ वर्षीया टंकमाया लिम्बुको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनाग्रस्त दुवै गाडीलाई इलाका प्रहरी कार्यालय कडरबोनाले नियन्त्रणमा लिएको इन्स्पेक्टर रामराजा केशरीले बताए।

महिलाको शवलाई सप्तऋषी अस्पताल लहानमा पोष्टमार्टम लागि राखिएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्