सुन आज तोलामा ३ सय रुपैयाँले बढ्यो



काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ । पछिल्लो समय लगातारजसो घटिरहेको सुनको मूल्य बिहीबार भने तोलामा ३ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तोलामा ३ सय रुपैयाँले बढेर बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ६ सय रुपैयाँ कायम भएको छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार १०० रुपैयाँ पुगेको छ ।

यसअघि बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ३०० रुपैयाँ थियो। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ८०० रुपैयाँ थियो ।

बिहीबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ । तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार १८० पुगेको छ । बुधबार भने चाँदीको मूल्य प्रतितोला १ हजार १७० रुपैयाँ थियो ।

प्रतिक्रिया दिनुहोस्