मेस्सीले ला लिगाको पहिलो खेल नखेल्ने



काठमाडौं : बार्सिलोनाका कप्तान लियोनल मेस्सीले स्पेनिस ला लिगाको पहिलो खेल गुमाउने पक्का भएको छ। अघिल्लो साता अभ्यासका क्रममा घाइते भएका मेस्सीले नयाँ सिजनको ला लिगाको पहिलो खेल गुमाउने बार्सिलोनाका मुख्य प्रशिक्षक अर्नेस्टो भाल्भर्डेले प्रष्ट पारेका छन्।

साविक विजेता बार्सिलोनाले शुक्रबार (आज) सन् २०१८–१९ को ला लिगाको पहिलो खेल खेल्दैछ। हाल टोलीभन्दा बाहिर रहेर छुट्टै अभ्यास गरिरहेका मेस्सीले खेल गुमाउने भाल्भेर्डेको भनाइ छ। पिँडुलामा चोट लागेका उनी को चोटबाट निको हुने प्रयास गरिरहेको र लिगको पहिलो लिगमा उपलब्ध हुन नसक्ने प्रशिक्षकले बताए।

प्रशिक्षक भाल्भर्डेले मेस्सीलाई लिएर कुनै जोखिम नलिएको प्रष्ट पारे। उनले भने,‘हामी कुनैपनि खेलाडीलाई लिएर जोखिम लिँदैनौ। यदि, उनी मेस्सीनै भए पनि। उनी अभ्यासमा आएको हामीले देखेका छौँ। तर, उनी टिमसँग खेलेका छैनन्।’

प्रशिक्षक भाल्भेर्डेले थपे, ‘उनी व्यक्तिगत रूपमा निका हुने प्रयत्न गरिरहेका छन्। सुधारको प्रयास गरिरहेका उनलाई हामी अभ्यासको अन्तिम चरणसम्म पर्खिनेछौं। सबैको लक्ष्य जित्नु हुन्छ, हामी आफ्नो उत्कृष्ट दिनेछौं। एउटा ठूलो खेलभित्र आफूले सकेअनुसारको दिने सबैको चाहना हुन्छ। र, त्यहाँ तपाईँ राम्रो नै खेल्ने विचार राख्नुहुन्छ।’

प्रतिक्रिया दिनुहोस्