टाटा सुमो काउण्टरमा यात्रुलाई झन्झट दिने १० जना बिचौलिया पक्राउ



काठमाडौं । बल्खुस्थित टाटा सुमो काउण्टरमा यात्रुलाई झन्झट दिने १० जना बिचौलियाहरु पक्राउ परेका छन् । तोकिएको भाडाभन्दा बढी भाडा लिई जबरजस्ती यात्रुहरु तान्ने गरेको आरोपमा प्रहरी वृत्त कालिमाटीको टोलीले १० जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा स्न्धिुलीको कमलामाई नगरपालिका-९ घर भएका ३० वर्षीय हरिबहादुर पाण्डे, उदयपुरका २२ वर्षीय सञ्जय तामाङ, भारत बिहार राज्य पाहाडपुर पोटवा थानाका २९ वर्षीय राकेश कुमार श्रीवास्तव, कैलाली धनगढी नगरपालिका-१६ का २१ वर्षीय राजु थापा, रौतहट चन्द्रनिगाहपुर नगरपालिका-४ का २९ वर्षीय आकाश तामाङ छन्।

त्यसैगरी पर्साको बीरगञ्ज ३५ वर्षीय राजिव कुमार सिंह, सिन्धुली कमलामाई नगरपाकिला-१३ क ३० वर्षीय नितिश जंग राणा, सर्लाही लालबन्दी नगरपालिका-४ का २९ वर्षीय रबिन्द्र चौधरी, इलाम श्रीनन्द नगरपालिका-३ का २९ वर्षीय दोर्जे गुरुङ र दक्षिणकाली नगरपालिका-४० वर्षीय राम तामाङ छन्।

पक्राउ परेका सबैजनाविरुद्ध अभद्र व्यवहार गर्न नहुने कसूरमा जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट ५ दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अनिल घिमिरेले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्