एमालेले गठबन्धन भत्कियोस् भन्ने चाहन्छ : नेम्वाङ



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपनेता सुवास नेम्वाङले एमालेले गठबन्धन भत्कियोस् भन्ने चाहना राखेको बतएका छन् ।

शुक्रबार प्रतिनिधिसभाका उपसभामुख निर्वाचनपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै नेम्वाङले गठबन्धन गलत भएकाले एमालेले गठबन्धन भत्कियोस् भन्ने चाहाना राखेको बताएका हुन् ।

एमालेले गठबन्धन भत्किनुपर्छ भनेर खुलमखुला भन्ने गरेको भन्दै त्यसका लुकाउनुपर्ने केही नरहेको उल्लेख गरे । ‘५ दलीय गठबन्धन गलत छ । एमाले गठबन्धन भत्कियोस् भन्ने चाहान्छ । यसमा लुकिछिपी कुनै कुरा छैन’, नेम्वाङको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्