प्राधिकरणले सुरु गर्यो १० वर्षे विपद् न्यूनीकरण महाअभियान



काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले १० वर्षे विपद् न्यूनीकरण महाअभियान सुरु गरेको छ।

गृहमन्त्री बालकृष्ण खाणको निर्देशनमा आज राजधानीमा एक कार्यक्रमको आयोजना गरी प्राधिकरणले महाअभियान सुरु गरेको हो।

कार्यक्रममा प्राधिकरणकी सहसचिव अनिता निरौलाले विस्तृत कार्यक्रम प्रस्तुत गरेकी थिइन्।

प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले नेपालको विपद् व्यवस्थापनमा महाअभियानले महत्पूर्ण भूमिका खेल्ने बताए।

विपद् न्यूनीकरण महाअभियान अन्तर्गत अब चाडै नै राष्ट्रिय एवं स्थानीय विपद् जोखिम न्यूनीकरण स्वयंसेवकहरुको दस्ताको गठन गरी हरेक गाउँ र वडाहरुमा स्थानीय विपद् जोखिम न्यूनीकरण जनचेतनामूलक कार्यहरु सञ्चालन गर्न लागिएको पोखरेलले बताए।

कार्यक्रममा सहभागी व्यवस्थापन विज्ञ प्रमोद शर्माले कठिन आर्थिक परिस्थितीका बेला आएको महाअभियानले नेपालका विकटभन्दा विकट क्षेत्रमा विपद् जोखिमबाट दैनिकरुपमा प्रभावित युवाहरुलाई समेटी स्थानीय प्रकोप न्यूनीकरण गर्ने कार्यमा कोशेढुंगा हुने जनाए।

कार्यक्रममा सहभागी नेपाल रेडक्रस सोसाइटीकी प्रतिनिधि मोना अर्यालले देवकोटाले महाअभियानमा नेपाल रेडक्रसका सम्पूर्ण स्वयंसेवकहरु लगायत देशका विभिन्न क्षेत्रका युवाहरुले साथ दिने बताइन्।

प्रतिक्रिया दिनुहोस्