उपेन्द्रको कारबाहीपछि बाबुरामको वक्तव्य- ‘पार्टी पुनर्गठनको विकल्प रहेन’



काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराइले आफूहरुको सामू पार्टी पुनर्गठनको विकल्प नरहेको बताएका छन् । शुक्रबार एक विज्ञप्ति जारी गर्दै डा. भट्टराईले पार्टी नेताहलाई पार्टी पुनर्गठनका लागि हार्दिक अपिल गरेका छन् ।

उनले उपेन्द्र यादव पक्षले पार्टीलाई एकताब्द्ध बनाउन पहल नगरेर स्वेच्छाचारी ढंगबाट अवैधानिक अराजकनीतिक र अनतिक रुपमा आफू लगायत केन्द्रीय कार्यकारिणी सदस्यहरुलाई पदमुक्त गरिएकोमा घोर भर्त्सना गर्दै अब पार्टी पुनर्गठनको विकल्प नभएको बताएका हुन् ।

‘उपेन्द्र यादवको अध्यक्षतामा बसेको असार २९-३० गतेको बैठकले पार्टीलाई एकताबद्ध बनाउन पहल नगरेर स्वेच्छाचारी शैलीमा अवैधानिक, अराजनीतिक र अनैतिकरूपमा संघीय परिषद् अध्यक्षलगायत केन्द्रीय कार्यकारिणी सदस्यहरूलाई पदमुक्त गरेको घोषणा गरेको छ। हामी यस कारबाहीको घोर भर्त्सना गर्दै कारबाहीको निर्णय खारेज गर्दछौं,’ भट्टराईले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यो परिस्थितिमा अब हाम्रो सामु पार्टी पुनर्गठनको विकल्प रहेन । तसर्थ, पार्टी रूपान्तरणका लागि अनवरतरूपमा लागिरहनुभएका केन्द्रीय सदस्यहरूलगायत तहगतरूपमा सबै तहका नेता, कार्यकर्ताहरूलाई पार्टी पुनर्गठनका लागि हार्दिक अपिल गर्दछौं ।’

आफ्नो अध्यक्षतामा बसेको केन्द्रीय समिति बैठकले पार्टी रुपमान्तरणका लागि अन्तिमसम्म प्रयत्न गरेको उनले दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्