छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु



काठमाडौं । काठमाडौं, चितवन, तनहुँ, बारा र नुवाकोटका छुट्टाछुट्टै स्थानहरूमा भएको सवारी दुर्घटनामा परी सात जनाको मृत्यु भएको छ। काठमाडौं महानगरपालिका–१६ बालाजुस्थित सडकमा बा.५ ख २८७२ नम्बरको बस र बा.७० प ६१२८ नम्बरको मोटरसाइकल शनिबार ठोक्किँदा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा मोटरसाइकल चालक नागर्जुन नगरपालिका–१ रानीवन बस्ने २८ वर्षीय रोमन थापा मगर रहेका छन्। दुर्घटनामा गम्भीर घाइते भएका उनको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचारको क्रममा मृत्यु भएको हो।

बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। चितवनको भरतपुर महानगरपालिका–१० स्याउली बजारस्थित सडकमा बा.१३ च २३७१ नम्बरको कारले प्रदेश ३–०१–२२ च ७५५४ नम्बरको भ्यानलाई शनिबार ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा भ्यान चालक नवलपरासी (पश्चिम) प्रतापपुर गाउँपालिका–७ बस्ने २४ वर्षीय अमृत कुमार कुशवाहा रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा ना.६३ प ११०९ नम्बरको स्कुटरमा समेत क्षति पुगेको छ । तीन वटै सवारी साधन र कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

चितवनकै भरतपुर महानगरपालिका–१५ रामपुरस्थित सडकमा ग.२ च ९०६२ नम्बरको कारले ना.३३ प १४५५ नम्बरको मोटरसाइकललाई शनिबार ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक हाल पहिचान नखुलेका करिब ४० वर्षीय पुरुष रहेका छन्। दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

तनहुँको ब्यास नगरपालिका–११ फरकचौरस्थित सडकमा ग.१ क ३६८३ नम्बरको बस र ग.१५ प ६५०४ नम्बरको मोटरसाइकल शनिबार ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा सवार सोही नगरपालिका–११ बस्ने २३ वर्षीय बिक्रम सुनार रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल दमौलीमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

बाराको महागढीमाई नगरपालिका–५ दहियारस्थित सडकमा प्र.२–०३–०२० प ४१७२ नम्बर मोटरसाइकल शनिबार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा सवार सर्लाही सेखौना बस्ने २८ वर्षीय अरबिन्द कुमार कुशवाहा रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको राजलक्ष्मी अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ।

नुवाकोटको लिखु गाउँपालिका–६ छहरेस्थित सडकमा ना.६२ प ९५२१ नम्बरको मोटरसाइकल बिजुलीको पोलमा ठोक्किएर गएराति दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सोही ठाउँ बस्ने २७ वर्षीय करण केसी रहेका छन् ।

उनको घटनास्थलमै मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २७ वर्षीय अनिस श्रेष्ठलाई स्थानीय मेडिकलमा सामान्य उपचार पश्चात थप उपचारको लागि काठमाडौं ल्याइएको छ।

नुवाकोटको ककनी गाउँपालिका–१ महालक्ष्मीथानस्थित सडकमा बा.४ ख ३७२८ नम्बरको टिपर आइतबार बिहान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको। मृत्यु हुनेमा टिपरमा सवार ककनी गाउँपालिका–१ बस्ने ३२ वर्षीया बसन्ती बलामी रहेकी छन्। उनको घटनास्थलमै मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका टिपरमा सवार ५ जनालाई उपचारको लागि काठमाडौं ल्याइएको छ।

प्रतिक्रिया दिनुहोस्