बार्सिलोनाका कौटिन्हो जर्मन क्लब बायर्नमा 



काठमाडौं : बार्सिलोनाका मिडफिल्डर फिलिप्पे कौटिन्हो लोनमा जर्मन क्लब बायर्न म्युनिख जाने भएका छन्। बायर्नले बार्सिलोनाका स्टार कौटिन्होलाई १ वर्षका लागि लोनमा भित्र्याउने आधिकारिक रुपमा घोषणा गरेको हो।

बायर्नले बार्सिलोनासँग यस विषयमा सहमति नजिक पुगिसकेको जनाएको छ। बायर्नले अबको केही दिनमा नै कौटिन्होको मेडिकल परीक्षण हुने जनाएको छ। डायरियो स्पोर्ट्सको रिपोर्ट अनुसार बायर्नले कौटिन्होको तलब लगभग १२ मिलियन युरो दिनेछ।

यस्तै क्लबले लोनका लागि २० मिलियन युरो पनि तिर्ने बताइएको छ। यता, बार्सिलोनाका प्रवक्ता गुइलेर्मो अमोरले कौटिन्होको विषयमा पुष्टि गर्दै उनी एक सिजन लोनमा बार्यन जाने विषयमा सहमति बनेको उल्लेख गरेका छन्।

जर्मन बुन्डेसलिगा च्याम्पियन क्लब बायर्नले कौटिन्होलाई केही समय अघिदेखि मात्र नजरमा राखेको थियो। अघिल्लो सिजनको जर्मन बुन्डेसलिगा विजेता बायर्नले क्लबमा नयाँ खेलाडी थप्न चाहेको थियो। आफ्ना पहिलो रोजाइका आर्जेन रोबेनले सन्यास लिएपछि क्लबमा कौटिन्होलाई भित्र्याउन चाहेको हो।

प्रतिक्रिया दिनुहोस्