हाजार्ड ४ हप्ता मैदान बाहिर !



काठमाडौं : स्पेनिस क्लब रियल मड्रिडका स्ट्राइकर इडेन हाजार्डले ला लिगाको पहिलो खेल गुमाउने भएका छन्। यसै सिजन इङ्लिस क्लब चेल्सीबाट रियल आएका बेल्जियन स्ट्राइकर हाजार्ड घाइते भएपछि ला लिगाको पहिलो खेल गुमाउने भएका हुन्।

हाजार्डको तिघ्राको चोट बल्झिएको छ। रियलले नयाँ सिजनको ला लिगाअन्तर्गत आज पहिलो खेल खेल्दैछ। नेपाली समयअनुसार राति ८ः४५ बजेबाट सुरु हुने खेलमा रियलले सेल्टा भिगोको सामना गर्नेछ। तर, यस खेलमा हाजार्डलाई राखिएको छैन।

खबरका अनुसार हाजार्डले अबको तीनदेखि चार हप्ता मैदानबाहिर बस्नु पर्नेछ। प्रि–सिजका सबै खेल खेल खेलेका हाजार्डले ३–४ साता मैदानबाहिर बस्नु परेमा ला लिगाअन्तर्गत ठूला खेलहरू गुमाउने छन्। रियलले आधिकारिक रुपमा हाजार्ड घाइते भएको र हाजार्ड मेडिकल परीक्षणमा रहेको जनाएको छ। 

हाजार्ड घाइते भएपछि अब प्रशिक्षक जिदानले क्लबको आक्रमण लाईनको विकल्प हेर्न सुरु गरेका छन्। उनले ग्यारेथ वेल र जेम्स रोड्रिग्वेजलाई क्लबमा समावेश गरिने बताएका छन्। दुवै खेलाडी यसअघि क्लब छाड्ने सम्भावनाबाट घेरिएका थिए।

प्रतिक्रिया दिनुहोस्