‘तिम्रै हातले मेरो सिउँदो रंग्याउने मन छ’



तिम्रै हातले मेरो सिउँदो रंग्याउने मन छ। 

मेरो श्रीमान् हजुर भनी दग्याउने मन छ। 

ललाई फकाई तिमीसँगै उडिजाने मन छ। 

मेरो मनको महाराजा, तिम्रै साथ गुडी जाने मन छ। 

फुलले जस्तो भमरालाई, झुलाउने मन छ। 

मोटर गाडी तिमी नै हौं, दिलभरी डुलाउने मन छ। 

अगांलोमा बाँधी तिमीलाई हराउन मन छ। 

दिल चोरको आरोप लगाई जन्म कैद गराउन मन छ। 

चनचल बनाई त्यो दिललाई सिँगारिदिने मन छ। 

मेरो मनको कैदी तिमी, जेलै भित्र बिगार दिने मन छ ।

प्रतिक्रिया दिनुहोस्