अर्थतन्त्रबारे श्वेतपत्र जारी गर्न सरकारलाई कांग्रेसको आग्रह



काठमाडौं । नेपाली कांग्रेसले देशको अर्थतन्त्रको अवस्थाबारे श्वेतपत्र जारी गर्न सरकारलाई आग्रह गरेको छ ।

सोमबार सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न आवश्यक कार्ययोजना तयार गर्नसमेत आग्रह गरेको हो ।

‘देशको विद्यमान आर्थिक अवस्थालाई लिएर आम नागरिकमा अस्वभाविक ढंगले भय सिर्जना गर्ने काम भइरहेकोमा सरकारले आम नागरिकलाई अर्थतन्त्रको अहिलेको वास्तविक अवस्था कस्तो छ, मुख्य समस्या कहाँ छ, चुनौती के छन्, जोखिम न्यूनिकरण गर्न के गर्न सकिन्छ लगायत विषयमा श्वेतपत्र जारी गरी यथार्थ सार्वजनिक गर्न आग्रह गर्दछ,’ निर्णयमा भनिएको छ ।

यस्तै, अर्थतन्त्रमा देखिएका समस्यालाई सम्बोधन गर्न आवश्यक कार्ययोजना तयार गरी कार्यान्वयन गर्न पनि सरकारलाई नेपाली कांग्रेसले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्