क्यानडा लग्ने प्रलोभनमा ठगिए आठ सयभन्दा बढी युवा



मोरङ उर्लाबारीका रामबहादुर खड्काले आफूहरूलाई ठगेको भन्दै बिर्तामोड, दमक, धुलाबारी र काँकडभिट्टाका सयभन्दा बढी युवाले दिए प्रहरीमा उजुरी 

वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न खाडी मुलुक पुगेका नेपाली युवा क्यानडा जान पाउने प्रलोभनमा परेर सामाजिक सञ्जालबाट ठगिने गरेको पाइएको छ । क्यानडामा रोजगारी र पिआरसमेत पाउने लोभमा परेका उनीहरू सामाजिक सञ्जालमा आउने सन्देशका कारण फस्ने गरेका हुन् ।

सामाजिक सञ्जालको दुरुपयोग गरी ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेपछि यसको खुलासा भएको हो । पक्राउ पर्नेमा मोरङको उर्लाबारी नगरपालिका–७ बरगाछी बस्ने ३५ वर्षीय रामबहादुर खड्का छन् । उनीविरुद्ध इलाका प्रहरी कार्यालय बिर्तामोड, दमक, धुलाबारी र काँकडभिट्टामा उजुरी दिनेको संख्या सयभन्दा माथि छ । खड्काले सन् २०१२ देखि हालसम्म आठ सयभन्दा बढी व्यक्तिलाई ठगी गरेको हुन सक्ने प्रहरीको अनुमान छ ।

प्रदेश १ नम्बर प्रहरी कार्यालय विराटनगरको अनुसन्धान समूह, जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय बिर्तामोडको संयुक्त टोलीले खड्कालाई काँकडभिट्टा बजारबाट गत १९ साउनमा पक्राउ गरेको थियो । काँकडभिट्टामा लुकेर बसेका खड्कालाई प्रहरीले झापा जिल्ला अदालतबाट ठगी मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाएको छ ।

पैसा असुल्न बाबु बिरामी भएको नाटक

आफू गैरआवासीय नेपाली संघ क्यानडाको उच्चपदस्थ अधिकारीसमेत रहेको विश्वास दिलाउँदै आएका खड्काले आफ्नो बाबु बिरामी परेकाले उपचारका लागि क्यानडा लैजान नेपाल आएको बताउन थाले । भारतको सिलिगुडीमा बाबुको उपचार गराइरहेको बताउने उनले म्यासेन्जरमा भन्थे, ‘बुबालाई क्यानडा लैजाँदा तपाईंहरूलाई पनि स्पोन्सर्ड भिसाको व्यवस्था गराएर सँगै लैजान्छु ।’ आफूसँगै क्यानडा लैजाने आश्वासन देखाएर उनले दूतावासमा चार लाख रुपैयाँ खर्च हुनेमा दुई लाख आफूले नै सहयोग गरिदिनेसम्म बताए । सो रकम पछि क्यानडामै पुगेर तिर्दा हुने भन्दै विश्वस्त तुल्याएका उनले दुई लाख रुपैयाँको लगानीमै क्यानडा जान सकिने कुरा गर्न थाले ।

ठगीको मुख्य हतियार फेसबुक

रामबहादुर खड्काले महेशजंग थापा, विश्वजित थापा, आरभ थापा, उज्वल थापा र प्रवीण थापा नाम गरेका फेसबुक आइडी बनाएर विभिन्न व्यक्तिलाई क्यानडामा रोजगारीको प्रलोभन देखाउने गरेका थिए । उनले आफ्नो नाम महेशजंग थापा र घर इलाम बताउने गरेको प्रहरीले जनाएको छ । खाडी मुलुकमा कार्यरत नेपालीलाई उनी म्यासेन्जरमार्फत सम्पर्क गरी क्यानडाको प्रलोभन देखाउँथे । आफू पहिले क्यानडा जाने वेलामा काठमाडौं एयरपोर्टमा चिनजान भएको भन्दै खड्काले धेरै व्यक्तिलाई भ्रममा पारेको प्रहरी बताउँछ । आफू विगत १४ वर्षदेखि क्यानडामा बसेको, बिहे गरेर पिआरसमेत प्राप्त गरिसकेको भन्दै उनले क्यानडामा आफ्नै लगानीमा केही क्याफे सञ्चालन गरेर कैयौँ नेपालीलाई रोजगारी दिएको बताउने गरेका थिए ।

युवालाई सैलुन पठाएर भारु सटही गर्दै फरार

पीडित व्यक्तिहरूलाई खड्काले दिल्लीस्थित क्यानडा दूतावासमा अन्तर्वार्ता दिन जानुपर्ने भन्दै विभिन्न स्थानमा बोलाउन थाले । भारत सिलिगुडीको बागडुग्रा एयरपोर्टबाट दिल्ली जानुपर्ने भन्दै उनले पीडितहरूलाई दमक, बिर्तामोड, धुलाबारी, काँकडभिट्टा हुँदै भारतको पानीट्यांकीसम्म भेट्न बोलाउँथे । दूतावासमा अन्तर्वार्ताका लागि भन्दै पीडितहरूलाई कपाल काट्न र फेसवास गर्न सैलुनमा प्रवेश गराउँथे । सोही मौकामा पीडितहरूले ल्याएको पैसा मागेर भारतीय मुद्रा (भारु) साटेर आउँछु भन्दै उनी फरार हुँदै आएका थिए । लगत्तै फेसबुकमा ब्लक गरेर मोबाइल फोन पनि बन्द गर्ने गरेको प्रहरी बताउँछ ।

के भन्छ प्रहरी ?

पक्राउ परेका रामबहादुर खड्का उर्फ महेशजंग थापाले सन् २०१२ देखि नै पाँचवटा नक्कली फेसबुक एकाउन्ट खोलेर एनआरएनएका विभिन्न गतिविधि पोस्ट गर्ने गरेको प्रहरी अनुसन्धानले देखाएको छ । उनले आफ्नो जीउडालसँग मिल्दोजुल्दो हुलिया भएको क्यानडामा बस्ने एक युवकको तस्बिर आफ्नो नक्कली फेसबुकमा अपलोड गर्थे । अधिकांश स्टाटस तथा फोटा टोरन्टो, क्यानडा र विभिन्न युरोपियन तथा अमेरिकन मुलुकमा भ्रमण गरेको भान पार्ने गरी पोस्ट गर्ने गरेको प्रहरी बताउँछ । खड्काले पीडितहरूको कागजात र तस्बिर दुरुपयोग गरी सिमकार्ड खरिद गरेर चलाउने गरेको प्रहरीले जनाएको छ । उनले प्रत्येक पीडितलाई क्यानडामा रहेका आफ्ना बालबच्चाका लागि गाउँको शुद्ध महसमेत ल्याउन लगाउने गरेका थिए ।

‘ठगिसक्दा फेसबुकमा ब्लक’

 

 मोहनकुमार थापा

डिएसपी, इलाका प्रहरी कार्यालय बिर्तामोड

खाडी मुलुकमा भएका युवालाई यो मान्छेले फसाउने गरेको पाइयो । खाडी मुलुकमा थोरै पैसा कमाइरहेकालाई सपनाको देश हुन्छ क्यानडा । त्यसपछि उनीहरू यो मान्छेको चंगुलमा परेछन् । क्यानडाको प्रलोभन देखाएर यसले विदेशका सयौँलाई नेपाल बोलाएको देखिन्छ । यसले प्रयोग गरिरहेका सबै फेसबुक आइडी हेर्दा आठ सयजति व्यक्तिलाई ब्लक गरेको देखिन्छ । उसको आपराधिक शैलीचाहिँ ठगिसकेपछि ब्लक गरिदिने रहेछ ।

उसले पीडितलाई फेसबुकमा ब्लक गरेको हिसाबले हेर्दा अहिलेसम्म कम्तीमा १६ करोड रुपैयाँ ठगिसकेको हुनुपर्छ । हरेक युवासँग कम्तीमा दुईदेखि चार लाख रुपैयाँसम्म ठगी गर्ने गरेको पाइएको छ । उजुरी गर्ने पीडितबाटै दुई करोड रुपैयाँ ठगी भएको छ ।  नयाँपत्रिका दैनिकबाट साभार 

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडाैं : कुलेखानी–फाखेल–हुमाने–फपिङ सडकखण्डमा शुक्रबारदेखि असोज ११ गतेसम्मका लागि सवारीसाधन आवागमन बन्द गरिने भएको छ

एजेन्सी : थाइल्याण्डको प्रकोप व्यवस्थापन विभागले २० हजार भन्दा बढी पीडितहरू बाढीका कारण विभिन्न ठाउँमा

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपकरण बिग्रिएर अन्तर्राष्ट्रिय उडानका जहाज आकासमै फन्को लगाउने (होल्डमा बसेको)

एजेन्सी : लेबनानको केन्द्रीय बैंकले अमेरिकाद्वारा प्रतिबन्धका कारण आर्थिक सङ्कट झेल्न बाध्य भएको एक स्वदेशी

एजेन्सी : इन्डोनेसियाको पश्चिम भागमा पर्ने जाभा प्रान्तमा बिहीबार ६.१ म्याग्निच्युडको भूकम्प गएको छ ।

काठमाडौं : चाडवाडका समयमा उपभोक्तामाथि हुने ठगी बढ्ने भन्दै वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले

एजेन्सी : पाकिस्तानी प्रधानमन्त्री इमरान खान बिहीबार साउदी अरेबियातर्फ लाग्नु भएको छ । संयुक्त राष्ट्रसंघ

काठमाडौं : नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थललाई प्राथमिकतामा राखेर आव २०७६/७७

एजेन्सी : अफगानिस्तानको दक्षिणी प्रान्त जाबुलको कलात शहरमा बिहीबार बिहान गुप्तचर सेवा भवनलक्षित कारबम हमलामा

एजेन्सी : चिनियाँ प्रधानमन्त्री लि खछ्याङले रुसको तीनदिने औपचारिक भ्रमण गर्नुभएको छ । उहाँको तीन

काठमाडौं : सिमेन्ट उत्पादन सङ्घको अध्यक्षमा पुनः ध्रुवराज थापा निर्वाचित भएका छन्। संघले बिहीबार नयाँ

काठमाडौं : नेपाल सरकारको उच्च पदस्थ व्यक्तिहरुले प्रयोग गर्ने हेलिकप्टर काठमाडौं आइपुगेको छ । बिहीबार