भावुक बन्दै जोनले भने,’म यो उद्योगमा रहिरहन लायक छैन भन्थ्ये’



एजेन्सी : मोडलिङ हुँदै बलिउड छिरेका अभिनेता जोन अब्राहम संघर्षको दिन सम्झेर भावुक बनेका छन्। उनले बलिउड प्रवेश गरेपछि सर्वाधिक आलोचनाको सामना गर्नुपरेको बताए। उनले त्यतिबेला मानिसहरूले उनी बलिउडको लायक नभएको बताउने गरेको सम्झिए।

'म यो उद्योगमा रहिरहन लायक छैन्। यो नै आजसम्म गरिएको मेरो ठूलो आलोचनामा हो। पहिलो दिन नै यो मलाई प्राप्त भएको आलोचना थियो। त्यो दिनदेखि यता १७ वर्ष बितिसकेको छ' जोनले भने, 'जजसले यसो भनेका थिए, उनीहरूको आज विवाह भएर बच्चासमेत भइसकेको छ।

आधाले अवकास लिइसकेका छन् भने केहिले आफ्नो काम छाडिसकेका छन्। म आज पनि यहि नै छु।' मोडलिङमा सफल जोन सन् २००३ मा बलिउडमा 'जिस्म' सिनेमाबाट डेब्यू भएका थिए।

 त्यसयता उनले 'पाप', 'धुम', 'गरम मसाला', 'बाबुल','दोस्ताना', 'न्यूयोर्क', 'हाउसफुल २', 'मद्रास क्याफे','ढिसुम', 'परमाणुः स स्टोरी अफ पोखरन', 'रोमियो अकबर वाल्टर' तथा 'बाटला हाउस' जस्ता सिनेमामा काम गरिसकेका छन्। हाल जोन अभिनयका अलावा सिनेमा निर्माणमा समेत सक्रिय छन्। हाल उनी अभिनित 'बटाला हाउस' प्रदर्शन भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्