थाहा पाउनुहोस् आजको राशिफल 



काठमाडौं । ५ साउन २०७९, विहीबार, जुलाई महिनाको २१ तारिक २०२२ । श्रावणकृष्णपक्ष अष्टमी,कौलव करण, अश्विनी नक्षत्र, धृति योग, चन्द्रमा मेष राशिमा रहेको छ । आज बिहान सूर्योदय ५ः२० मा हुनेछ भने सूर्यास्त ७ः०० बजे हुनेछ । बिहान ११ः४३ देखि १२ः३७ सम्मको समय अभिजित मुहूर्त रहेको छ।

यो समयमा आज तपाईले कुनै पनि नयाँ र शुरुवाती काम गर्न खोज्नु भएको छ भने शुभ समय हो । दिउसो १ः५३ देखि ३ः३५ सम्मको समय राहुकाल रहेको छ। यो समयमा शुभकार्य बर्जित छ। आजको देवता जल र ग्रहदेव राहु रहेको छ। त्यसैले आजको दिन बर्षा हुनेछ। आज गोरखकाली पूजा पनि हो। सैन्य विभागका लागि अष्टमी महत्वपूर्ण दिन हो । आजको दिन बाहन खरिद, त्यसको मर्मत संहारका लागि शुभ दिन हो।

कुनै नयाँ शैक्षिक र लेखनको कामको लागि आजको दिन शुरुवात गर्दा शुभ हुनेछ । हरेक दिनको शुभ र अशुभ समय हुन्छ । हामीले कुर्न नयाँ र राम्रो कामको शुरुवात शुभ समयमा गर्दा सफलता प्राप्त गर्न सकिन्छ ।

आजको राशिफल 

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

सामाजिक सेवाको कामबाट तपाईलाई आज मानसम्मान मिल्नेछ । स्वास्थ्यमा सुधार हुनेछ, आफूभन्दा उच्चब्यक्तिबाट प्राप्त हुने छ । आजको दिन तपाईको मनमा खुसी छाउने छ । नयाँ काम गर्न मन लाग्नेछ । नयाँ मित्रमण्डलीसँग भेट हुनेछ । परिवारका सदस्यबाट तपाईलाई साथ सहयोग हुनेछ । चन्द्रमाको साथ छ । विहान सूर्योदयको दर्शन गरेर दिनको यात्रा सुरुवात गर्नुहोला ।   

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

तपाईलाई आज आकस्मिक धनलाभ हुनेछ । व्यापार व्यवसायबाट सोचभन्दा बढी आर्थिकलाभ प्राप्त हुनेछ । दाम्पत्य जीवनमा सुख प्राप्त हुनाका साथै यात्राको अवसर प्राप्त हुनेछ । मनमा सकारात्मक सोच र खुसी हुने खबरले उत्साह थपिने छ । शिवालय यात्राले मन हर्षित हुनेछ । 

 मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

धनलाभ र नयाँ नयाँ खबरले तपाईको मनमा खुसियाली छाउने छ । घर परिवार र आफन्तसँग केही विषयमा विवाद हुनसक्छ । त्यसैले आजको दिन कम बोल्ने र अर्काका कुरा सुन्ने गर्दा राम्रो हुनेछ । राम्रो काम गर्न खोज्दा पनि अनावश्यक आरोप लाग्न सक्छ । कसैलाई पनि वचन नलगाउनुहोला ।

 कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

कर्कट राशिका जातकहरुको लागि तपाईले सोच र परिवारका कुरा नमिल्दा नकारात्मक सोच आउनसक्छ । अध्ययन अध्यापनमा मन लगाउनु होला । तपाईको सोच अनुसारका काम नहुँदा नकारात्मक धारणा आउनसक्छ । त्यसैले आजको दिन मौन रहनु, नियमित काम बाहेक अन्य काममा त्यति धेरै ध्यान नदिनुहोला ।  

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

सिंह राशिका जातकले विहीबारको बिहान अवस्य सूर्योदयको दर्शन गर्नुहोला। तपाईलाई अनावश्यक विवाद हुनसक्छ। आजको दिन भुलेर पनि कसैसँग विवाद नगर्नुहोला । पारिवारिक समस्याका कारण मनमा अनेक समस्या उत्पन्न हुनसक्छ । अध्ययनमा रुचि छ भने नयाँ पुस्तक अध्ययनको थालनी तपाईको लागि शुभ हुनसक्छ। बिहीबारको दिन व्रत गर्नु शुभ हुनेछ।

 कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)

तपाईको लागि यात्रा गर्नुपर्ने हुनसक्छ । नयाँ मित्रमण्डलीसँगको भेटले कार्यगत उत्साह थपिने छ । आफन्त र मित्रजनबाट साथ र सहयोगको प्रस्ताव आउनसक्छ । आजको दिन नयाँ बस्त्र खरिद गरेर लगाउन राम्र्रो हुनेछ । स्त्रीजातिको साथ र सहयोग लिएर कुनै काम गर्नु थाल्नुभएको छ भने सोचअनुसारको प्रतिफल प्राप्त हुनेछ ।

 तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)

मानसिक असन्तोष र तपाईले सोच अनुसारको काम नहुँदा मनमा चिन्ता थप हुनसक्छ । त्यसैले मनमा सकारात्मक सोच राखेर काम गर्न आवश्यक छ। व्यापार व्यवसायमा हुनुहुन्छ भने आजको दिन तपाईलाई फाइदा हुन्छ । धैर्यको आवश्यकता हुन्छ । आजको दिन गणेशको मन्दिरको दर्शन गरेर काम शुरु गर्दा शुभ हुन्छ ।

 वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

बिहान सूर्योदयको दर्शन गरेर दिनको सुरुवात गर्नुहोला। मनमा प्रसन्नता र उत्साह बढ्ने छ। तपाईले कुनै नयाँ कामको सुरुवात समेत गर्न सक्नुहुनेछ। तपाइएको कामबाट सफलता प्राप्त हुनेछ। तपाईमाथि अनावश्यक आरोप लाग्नसक्छ त्यसैले आफ्नो नियमित काम गर्दा होसियारी, धैर्य आवश्यक छ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)

आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । आजको दिन  समयमा काम हुनेछ । आर्थिक बृद्धि हुनेछ । आजको दिन मित्रमण्डलीबाट सहयोग हुनसक्नेछ । देवालय र शिवालयको दर्शन गर्नु जानुहोला । आजको दिन अध्ययन अध्यापनको काममा ध्यान दिनु होला । कसैलाई पनि धन दिनु भन्दा पहिले एकपटक सोच विचार गरेर मात्र दिनुहोला ।   

 मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

आजको दिन तपाईल सोचेअनुसारको काम हुने भएकाले नयाँ काम गर्नसक्नुहनेछ ।  धेरै खुसी र दुःखी नभइकन आफ्नो काम गरिरहनु होला । मनमा निकै हर्ष छाइरहने छ  बिहान सूर्यनारायणलाई जल दिएर दर्शन गर्नुभयो भने दिन सफल हुनेछ । शिवालयको यात्रा अवश्य गर्नुहोला ।    

 कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

मनमा अति प्रसन्नता छाउने छ । कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम  र शत्रुमाथि विजयप्राप्ति हुनेछ । बिहान सूर्योदयको दर्शन गर्नुहोला ।सामाजिक काममा मन जानेछ । तपाईंले गरेको कार्यको परिवारका सदस्य समेत खुसी हुनेछन् । कसैलाई पनि मन दुखाउने काम नगर्नुहोला।  

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

विहीबारका दिन मीन राशिमा जातकले बिहान सूर्योदयको दर्शन गरेर नजिक वा देवालयको दर्शन गर्नु उत्तम हुनेछ । अध्ययन अध्यापनको क्षेत्रका कार्य गर्ने मीन राशि भएका ब्यक्तिले आजको दिन कुनै नयाँ पुस्तक पठन र लेखनका काम गर्नसक्नुहुन्छ । विद्यार्थी बर्गको लागि विहीबारको दिन कुनै काम शुरु गर्दा सफलता प्राप्त हुनेछ । कुनै विद्धान सहकर्मीसँग भेट गर्नुहोला ।   

 

प्रतिक्रिया दिनुहोस्