‘कृ’ युट्युबमा रिलिज भएको २४ घण्टा नहुँदै ट्रेन्डिङ नम्बर १ मा



काठमाडौं : युवा स्टार अनमोल केसी स्टारर फिल्म ‘कृ’ युट्युबमा रिलिज भएको २४ घण्टा नहुँदै ट्रेन्डिङ नम्बर १ मा पुगेको छ । यो फिल्मलाई दुई दिनमा २० लाखभन्दा धेरैले हेरिसकेका छन् ।

हलमा औसत प्रतिक्रिया पाएको यो फिल्मले युट्युबमा भने क्रेज देखाएको छ । एक्सन जानरामा निर्माण भएको फिल्म ‘कृ’ मा अदिति बुढाथोकीले पनि अभिनय गरेकी छिन् ।

अनमोल केसी, अनुपविक्रम शाही, अदिति बुढाथोकी, कामेश्वर चौरासिया, सरोज खनाल, राजेन्द्र भट्ट लगायतका कलाकारले अभिनय गरेको यो फिल्मलाई सुवास गिरी र भुवन केसीले निर्माण गरेका हुन् ।

अनमोल केसीलाई एक्सन अवतारमा प्रस्तुत गरिएको यो फिल्मको सम्पादन, कथा र निर्देशन सुरेन्द्र पौडेलले गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्