विभागमा दर्ता नभएका औषधी बिक्री गर्न नपाइने 



काठमाडौं : औषधी व्यवस्था विभागले दर्ता नभएका औषधी बिक्री वितरण नगर्न औषधी बिक्रेताहरुलाई आग्रह गरेको छ । आज एक सूचना जारी गर्दै औषधी ऐन २०३५ को दफा १० (क) बमोजिम दर्ता भएका औषधी मात्रै बिक्री वितरण  गर्न आग्रह गरेको हो ।

विभागले अटेरी गरी दर्ता नभएका औषधीको बिक्री वितरण भएको पाइए औषधी ऐन बमोजिम औषधी जफत गरिनुका साथै पसलको दर्ता प्रमाणपत्र समेत खारेज गरिने जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्