‘अर्जुन रेड्डी’का नायक र जाहन्वी संगै काम गर्दै



एजेन्सी : जाहन्वी कपुर नयाँ पुस्तामा रुचाइएकी बलिउड नायिका हुन्। बलिउडका ठूला मेकर उनीसँग चलचित्र निर्माण गर्न लालयित छन्। तर, साउथका मेकरले समेत उनलाई अफर गरेको खबर भारतीय मिडियामा उल्लेख छ।

खबरका अनुसार जाहन्वीलाई ‘अर्जुन रेड्डी’ स्टार विजय देवगरकोन्डाको जोडी बन्नको लागि अफर गरिएको हो। चलचित्र रोमान्टिक जनरामा निर्माण हुने बताइएको छ। नाम पक्का भइनसकेको यो चलचित्रलाई जगन्नाथ पुरीले निर्देशन गर्नेछन्। 

जाहन्वीलाई निर्देशक पुरीले नै अफर गरेका हुन् । जाहन्वी र निर्माणपक्षबीच मौखिक सहमति भइसकेको छ। तर, लिखित सम्झौता भने भएको छैन। जाहन्वी आफै नायक विजयको फ्यान हुन्। जाहन्वीले एक अन्तरवार्तामा आफूलाई विजय निकै मनपर्ने र उनीसँग काम गर्ने इच्छा भएको बताएकी थिइन्।

जाहन्वीको यो चाहना चाडै नै पुरा हुन लागेको भारतीय मिडियाले उल्लेख गरेका छन् । चलचित्रको छायांकन चाडै नै सुरु हुनेछ।

प्रतिक्रिया दिनुहोस्