स्वास्थ्यका कर्मचारीको स्तरवृद्धिमा दुर्गम सेवाअवधि आवश्यक नपर्ने



काठमाडौं । बाग्मती प्रदेशका स्थानीय तहमा कार्यरत स्वास्थ्य सेवाका कर्मचारीको स्तरवृद्धिका लागि दुर्गम सेवाअवधि आवश्यक नपर्ने भएको छ।

बाग्मती प्रदेश सरकारले स्थानीय तहहरुलाई पत्राचार गर्दै स्थानीय तहमा कार्यरत स्वास्थ्य सेवाका कर्मचारीको पाचौँबाट छैटौँ तहमा स्तरवृद्धि हुँदा दुर्गम सेवाअवधि आवश्यक नपर्ने जनाएको छ।

स्थानीय सेवा (गठन तथा सञ्चालन) अध्यादेश २०७८ ले एउटा पालिकालाई एउटै भौगोलिक वर्गमा राखेकाले दुर्गम सेवाअवधि आवश्यक नपर्ने मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जानकारी दिएको छ।

संघीय सेवा ऐनमा दुर्गम सेवाअवधि उल्लेख भएपनि पालिका स्थानीय स्वास्थ्य सेवा एउटा पालिका भित्रको सेवा भएको दुर्गम सेवाअवधि आवश्यक नभएको प्रदेश सरकारले बताएको छ।

प्रतिक्रिया दिनुहोस्