गणतन्तको विकल्प गणतन्त्रनै हो : मुख्यमन्त्री पाण्डे



हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले संघीयताविरुद्ध अनावश्यक टीका टिप्पणी नगर्न प्रदेशसभा सदस्यहरुलाई आग्रह गरेका छन् ।

गणतन्तको विकल्प गणतन्त्रनै रहेको बताउँदै मुख्यमन्त्री पाण्डले संघीयताविरुद्ध अनावश्यक टीकाटिप्पणी नगर्न आग्रह गरेका हुन् । आईतबार प्रदेशसभामा प्रदेश सदस्यहरुले उठाएको प्रश्नहरुको जवाफ दिँदै मुख्यमन्त्री पाण्डेले सबै मिलेर संघीयता बलियो बनाउनुपर्ने बताए ।

‘गणतन्त्रको विकल्प गणतन्त्रनै हो । यस्को विकल्प अर्को छैन् । हामीले संघीयता सुरु गरेको जम्मा साँडे ४ वर्ष भएको छ । मुख्यमन्त्री पाण्डेले भने,साँडे ४ वर्ष मात्र नाघेको यस्मा अहिलेनै यो संघीय लोकतान्त्रिक गणतन्त्रको पद्दतिलाई संघीयता सहितको पद्दति जुन छ यस्का विरुद्धमा हामीले बोल्नु भन्दा कसरी कम खर्च गरेर यो सिस्टमलाई बलियो बनाउन सकिन्छ । हामी सबैले ध्यान दिन जरुरी छ ।’

प्रतिक्रिया दिनुहोस्