![](https://i0.wp.com/www.thenepaltop.com/wp-content/uploads/2019/09/1566291644.92664120dbb85c6dfd4653a0782cc187_w1000_h500_cp-1.jpg?fit=800%2C342&ssl=1)
नवलपरासी : नवलपरासीको चोरमारामा बसको ठक्करबाट एक जना साइकल यात्रीको मृत्यु भएको छ। एक जना घाइते भएका छन्। मृत्यु हुनेमा भारतको मोतिहारी बलुवा घर भई हाल मध्यविन्दु नगरपालिका ७ चोरमारामा बस्ने ३६ वर्षका मोहम्मद साहबिर आलमको मृत्यु भएको हो।
काठमाडौंबाट महेन्द्रनगर जाँदै गरेको ना ५ ख ४८६ नम्बरको बसको ठक्करबाट साइकल यात्रीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक अर्जुन रानाभाटले बताए। उनको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ।