स्वास्थ्य शिविर र रक्तदान



ललितपुर । ५६ औं रक्त सञ्चार दिवसको अवसरमा ललितपुर महानगरपालिका-९ मा बिहीबार रक्तदान तथा स्वास्थ्य शिविर आयोजना गरिएको छ।

महिला तथा स्वास्थ्य उप समिति गाछे र वडा स्वास्थ्य कार्यान्वयन समिति-९ तथा स्वास्थ्य सेवा नेपाल र केही गरौं मिलेर नामक सामाजिक सस्थाको प्राविधिक सहयोगमा रक्तदान तथा स्वास्थ्य शिविर आयोजना गरिएको हो। रक्तदान तथा स्वास्थ्य शिविरलाई ललितपुर महानगरपालिका-९ ले आर्थिक सहयोग गरेको छ ।

स्वास्थ्य शिविरमा २० जना चिकित्सकले करिब १ सय जनाको स्वास्थ्य जाँच गरेका थिए। शिविरमा २८ जनाको दाँत र २० जनाको स्त्री रोगसम्बन्धी स्वास्थ्य परीक्षण गरिएको थियो। यसका साथै मधुमेहसहित अन्य रोगको पनि स्वास्थ्य जाँच तथा परामर्श गरिएको थियो। साथै सोही अवसरमा १८ जनाले रक्तदान गरेका थिए।

प्रतिक्रिया दिनुहोस्