थाहा पाउनुहोस् आजको राशिफल



काठमाडौं । आज १३ साउन २०७९, शुक्रबार,तद्नुसार जुलाई २९ । श्रावण शुक्लपक्ष प्रतिपदा तिथि, किस्तुघन करण, पुष्य नक्षत्र, सिद्धि योग, चन्द्रमा कर्कट राशिमा रहेको छ । आज बिहान सूर्योदय ५ः२६ मा हुनेछ भने सूर्यास्त ६ः५६ मा हुनेछ ।

आज बिहान ११ः४४ देखि १२ः३८ सम्मको समय अभिजित मुहूर्त रहेको छ । यो समयमा शुभकार्य गर्न सकिन्छ। आजका देवता गणेश र ग्रहदेव मंगल हुन् ।  शुक्रबार लामो वा छोटो दुरीको यात्रा र मनोरञ्जनात्मक कार्यका लागि शुभ बार मानिन्छ।

आजको राशिफल
मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

रोजगारीको क्षेत्रमा नयाँ सफलता हात लाग्नेछ । शुक्रबार भएकाले मेष राशिका जातकले नजिकको शिवालयको यात्रा गर्दा मनमा खुसियाली छाउने छ । बिहानै देवालयको दर्शन गरेर काम सुरु गर्दा दिनभर गरिने कार्यमा सफलता प्राप्त हुनेछ । प्रदोष पनि भएकाले सोचअनुसार काम हुनेछ ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)
व्यापार व्यवसायमा अर्थलाभ हुँदा मनमा खुसियाली हुनसक्छ। आजको दिन व्यापारबाट फाइदा नहुँदा पनि त्यति निराश नहुनुहोला। सकारात्मक हुन जरुरी छ। आज नियमित कामबाहेक अन्य काममा त्यति ध्यान नदिनुहोला । आजको दिन मौन रहनु होला। यात्राका लागि आजको दिन उपयुक्त हुनुहोला।  

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)
परिवार र आफन्तजनले अनेक आरोप लगाउन सक्नेछन्। मनमा पनि निराशा उत्पन्न हुनसक्छ। आज सकारात्मक सोच राखेर मात्र काम गर्नुभयो भने मनमा खुसियाली छाउने छ। आरोपको विषयमा धेरै विवाद नगर्नु नै बेस हुनेछ। आजको दिन अनावश्यक विवाद नगर्नुहोला।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)
कर्कट राशिका जातकका लागि आजको दिन आर्थिक र सामाजिक समस्याले मनमा अनेकखालका समस्या आउनसक्छ। कसैसँग विवाद हुने काम नगर्नुहोला। घर परिवारमा समेत सामान्य कुरामा पनि विवाद हुनसक्छ । आफ्नो नियमित कामबाहेक अन्य काममा त्यति धेरै चासो नदिँदा राम्रो हुनेछ । चन्द्रमाको साथ रहेको छ । बिहान सूर्योदयको दर्शन गर्नुहोला।  

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)
परिवार र मित्रमण्डलीबाट साथ सहयोग प्राप्त हुनेछ। यात्रा गर्नुभन्दा पहिले राहुकाल छलेर मात्र शुभ साइतको समयमा यात्रा गर्नुहोला। बिहानको सूर्योदयको दर्शन गरेर मात्र दिनको कामको सुरुवात गर्नुभयो भने सफलता मिल्नेछ । परिवारका सदस्यले अनावश्यक आरोप समेत लगाउनसक्नेछ। आजको दिन सिंह राशिका जातकले कम बोल्नु नै बुद्धिमानी हुनेछ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)
तपाईको काम र व्यवहारका कारण आफन्तसँग सम्बन्ध विग्रन सक्छ। स्वास्थ्यमा प्रतिकुल असर पर्ने देखिन्छ। अध्ययन अध्यापनबाट सफलता हात लाग्नेछ। आज आम्दानीको राशिबाट घरमा महिलालाई केही उपहार दिनु राम्रो हुन्छ। कुमारी मन्दिरको दर्शन वा कुमारी कज्यालाई भोजन र बस्त्र दान दिनुभयो भने उत्तम हुनेछ । सूर्योदयको दर्शन गर्नुहोला। 

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)
आजको दिन सुुरु गरेको काम सफल हुनेछ। कार्यमूलक यात्रा हुनेछ। कुनै कामको सुरुवात गर्नुभएको छ भने त्यो कामको सम्पादन पूरा गर्नका लागि मेहनतपूर्वक लाग्नुहोला । कुनै काम बीचमा छोडेको छ भने त्यो कामका पुरा नहुँदा मनमा चिन्ता भइरहन्छ । सकारात्मक सोच र अध्ययन अनुसन्धानको काममा लाग्नु बेस हुनेछ । कसैसँग पनि विवाद हुने काम नगर्नुहोला ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)
वृश्चिक राशिका जातकका लागि आज कार्ययोजनाअनुसार काम गर्नुभयो भने सफलता मिल्नेछ। शिवालयमा गएर जल अर्पण गर्नुभयो सोचे अनुसार काम बन्नेछ । देवालयको नाम स्मरण मात्रले पनि मनमा शान्ति मिल्नेछ। अध्यात्मिक सेवामा केही समय दिनुभयो भने सफलता मिल्नेछ । बालक, बृद्धलाई भोजन र वस्त्र दान दिनुभयो भने उत्तम हुनेछ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)
धनु राशि भएका जातकका लागि पनि ग्रह बलिया भएका छन् । आजको दिन सोचअनुसारको काम हुनेछ । सन्तानबाट सुख र स्त्री जातिको साथ सहयोगले राम्रो काम गर्नुहुनेछ । यात्रामा सफलता मिल्नेछ । यात्रा गर्दा प्रयोजनमूलक यात्रा मात्र गर्नुहोला । लामो यात्राको लागि निस्कनु अघि घरमा पूर्व पर्खेर, माता र कन्याको हातमा दक्षिण दिएर मात्र यात्राको सुरुवात गर्नुहोला ।   

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)
विगतमा गरेको कामबाट मानसम्मान मिल्नेछ। आफन्तजनको सहयोगले मनमा खुसी प्राप्त हुनेछ। आजको दिन लक्ष्मीको आरधनाले मनमा प्रसन्नता छाउनेछ। आफ्नो व्यवसाय भएको ठाउँमा रहेको लक्ष्मी माताको मन्दिरको सरसफाई गर्नहोला। व्यापार व्यवसायबाट सफलता प्राप्त हुनेछ। अध्ययन अध्यापनको क्षेत्रमा पनि सफलता मिल्नेछ । विदेश यात्रा जानेहरुको लागि खुसीको खबर मिल्नेछ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)
कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम हुनेछ। शत्रुमाथि विजय प्राप्ति हुनेछ। विदेश यात्रा गर्ने सोच राख्नुभएको छ भने आजको दिन त्यस काममा लाग्नुहोला। व्यापारबाट प्राप्त धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला। सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ। आजको दिन घर नजिकको शिवालय दर्शन गर्नुभयो भने तपाईमा थप शक्ति मिल्नेछ।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)
आजको दिन मनमा प्रसन्नता छाउने छ। बिहान सूर्योदयको दर्शन गरेर मात्र यात्रा सुरुवात गर्नुहोला। सकारात्मक सोच र अध्ययन अध्यापनमा मन लाग्नेछ । साँझपख शिवालयमा जाँदा मीन राशिका जातकका लागि अध्यापन, लेखनमा रुचि बढ्नेछ। साँझ शिवालयमा गएर आरती गर्ने र आरतीको दर्शनमात्रले तपाईंको मनमा सकारात्मक उर्जा थपिने छ।

 

प्रतिक्रिया दिनुहोस्