‘मेरो कलेजो ७५ प्रतिशत खराब भइसक्यो’



बलिउड महानायक अमिताभ बच्चन आजभोली कौन बनेगा करोडपती ११ औं सिजनका लागि चर्चामा छन् । सोमबार रातीदेखि यो सिजन सुरु भइसकेको छ । 

यसैक्रममा ११ औँ सिजन सुरु हुनु अगाडि उनले आफ्नो जीवनबारे केहि जानकारीसमेत दिएका छन् । फिट देखिने अमिताभको ७५ प्रतिशत कलेजो खराब भइसकेको उनी आफैले जानकारी दिएका हुन् । 

एक च्यानलको कार्यक्रममा उपस्थित भएका ७६ वर्षिय अमिताभ बच्चनले सबैले नियमित रुपमा स्वास्थ्य परिक्षण गराउनुपर्ने बताए । उनले आफ्नो उदाहरण दिँदै भने, 'मेरो ७५ प्रतिशत कलेजो खराब भइसक्यो । म २५ प्रतिशत कलेजोको सहाराले बाँचिरहेको छु । मलाई क्षयरोगका साथै विभिन्न समस्या छ । रोगबारे पहिल्यै थाहा भए यसको उपचार पनि सम्भव छ ।'

प्रतिक्रिया दिनुहोस्