वादशाह जुटकी रश्मि पाण्डे अब नागरिक वडापत्रमा



काठमाडौं : रेसमी केश, मृगनयनी आँखा, सुन्तला केसरी ओँठ र हिस्स परेको अनुहारले मात्रै होइन् दमदार अभिनयका कारण पनि अहिले रश्मि पाण्डे नेपाली चलचित्र उद्योगमा हट केक मानिन्छिन् । प्रदर्शोन्मुख उनको चलचित्र वादशाह जुटको चर्चा चुलिइरहँदा रश्मिको चर्चा पनि चुलिएको छ । 

२३ बसन्तमा उक्लिदै गरेकी रश्मि पाण्डे नेपाली चलचित्र क्षेत्रकी नवनायिका हुन् । उनको पछिल्लो प्रदर्शनको संघारमा रहेको चलचित्र वादशाह जुट अहिले चर्चामा छ । यिनै वादशाह जुुटकी नायिका पाण्डेलाई उत्सर्ग मिडियाले स्थानिय तहको नागरिक वडापत्रमा अनुवन्ध गर्ने तयारी गरेको छ । 

देशभरीका वडा कार्यालयहरुमा राखिने उक्त नागरिक वडापत्रमा पाण्डेले सारी लगाएर नमस्कार गरेको फोटो शुट गर्नुपर्ने छ ।

उनलाई भोजपुरी सिनेमाहरुबाट पनि प्रशस्त अफर आएको छ । तर, उनि राम्रो कथावस्तु भए मात्र भोजपुरी सिनेमा खेल्ने सोचमा छिन् । 

टेलिभिजन पत्रकारिता हुँदै एक वर्ष अघिबाट चलचित्र उद्योगमा होमिएकी उनले यो समयावधीमै ४ वटा चलचित्रमा अभिनय गरिसकेकी छिन् । डम्मरुको डण्डिबियोबाट अभियनय थालेकी रश्मिले फेरी फेरी, लभ स्टेशनमा पनि अभिनय गरिसकेकी छिन् ।

फरकधारको कथाबस्तु भएको चलचित्र खेल्न रुचाउने उनि स्क्रिप्ट छनौटमा चुजि छिन् । पैसा कमाउनभन्दा पनि चलचित्रको अभिनयलाई उनि पेशा बनाउन चाहन्छिन् । भन्छिन्, ‘क्यामरा अगाडि उभिदा गर्भ महसुस गर्ने उनि चलचित्र क्षेत्रलाई मर्यादित पेशाको रुपमा स्थापित गर्नु हामी जस्ता नयाँ कलाकारको दायित्व हुन आएको छ ।’ 

ग्रामिण विकासमा स्नाकोतर गरिरहेकी रश्मि राजनीतिमा पनि चासो राख्छिन् । नेपालमा नयाँ सोँचका युवा राजनीतिमा लाग्नु पर्ने उनको धारणा छ । देश विकासको लागि राजनीति महत्वपूर्ण भएको बताउदै आफू चाही राजनीतिमा प्रत्यक्ष सहभागि भने छैनन् ।

पुस्तकहरु पढ्नु उनको सोख हो ।

प्रतिक्रिया दिनुहोस्